अमृत भट्टराई / बुटवल चैत ५ – प्रदेश नम्बर ५ को सरकार का सोमबार ३ मन्त्री थपिएकाछन् ।
प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषद्को बिस्तार गर्दै ३ मन्त्री थप्नु भएको हो ।
मुख्यमन्त्री बाट थप गरिएको ३ जना मन्त्रीहरुले आजै एक कार्यक्रमका बीच प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।
थप मन्त्री दुई मन्त्री एमाले बाट र एक माओवादी केन्द्रबाट थपिएको हो एमालेका लिला गिरी लाई उद्योग पर्यटन तथा बाताबरण मन्त्रलय , एमाले कै आरति पौडेललाई भुमि व्यवस्था तथा कृषि मन्त्रीको जिम्मेवारिी दिएको छ भने माओवादी केन्द्रका सुदर्शन बराललाई सामाजिक विकास मन्त्री तोकिएको छ ।
नव नियुक्त मन्त्रीहरुले आजै आफ्नो कायैभार ग्रहण गरेका हुन ।