About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
दाङका युवा बैज्ञानीक मार्सल रोकाको अटोमेटीक पम्प कन्ट्रोलर बजारमा

Darpanpost सोमबार, चैत्र ०५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 

घोराही ,चैत  ५ । 

एम ट्रासमिटरबाट आविस्कारको सुरुवात गरेका दाङका युवा बैज्ञानीक मार्सल रोकाले ४७ औँ आविष्कारको रुपमा अटोमेटीक पम्प कन्ट्रोलर बजारमा ल्याउनुभएको छ । आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि मेल्टा क्नोलोजीले अटोमेटीक पम्प कन्ट्रोलर बजारमा ल्याएको जानकारी गराएको हो । मेल्टा क्नोलोजीको प्रयोगले मोटर जल्ने, विग्रने, अनावश्यक पानी पोखीएर जाने , स्वीच अनअफ गर्ने झन्झट नहुने बैज्ञानीक रोकाले जानकार िदिनुभएको थियो । त्यस्तै मोटरको आयु ४० प्रतिसतले वृद्धि गर्न सकिने र एक वर्ष वारेन्टी भएको ,विद्युत खपत कम गर्ने , घर भवन,स्कुल, होटल, हस्पिटल, कारखाना, कार्यलय लगाएतमा सम्पुर्णमा प्रयोग गर्न सकिने पनि पत्रकार सम्मेलनमा जानकार िगराइएकोृ थियो । साथै अहिले घोराही र आसपासमा गरेर १ सय ५० भन्दा बढी जडान भइसकेको छ ।

घोराही तुल्सीपुर नारायनपुरमा जडान भएका छन् । मेल्टा क्नोलोजीको मुल्य चार हजार नौ सया ९९ रहेको छ । हाललाई जडान पनि निशुल्करुपमा गरिएको जानकारी गराईएको थियो । मार्सल रोकाले यो उत्पादन नेपालमा पहिलो भएको पनि दावी गर्नुभएको छ । मेल्टा क्नोलोजीका प्रबन्धक रविनकुमार पोखरेलको अधयक्षता तथा नेपालपत्रकार महासंघ दाङका अध्यक्ष सविनप्रियासको प्रमुख आथित्यतामा पत्रकार सम्मेलन भएको हो । कार्यक्रमको सहजीकरण कम्पनिका सचिव नविन शर्माले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com