पर्वत जिल्ला फलेवास नगरपालिका १० उल्यारीका एक किसानले व्यवसायीक रुपमा पाल्दै आएका कुखुरा चितुवाले मार्र्दा लाखौं बरावरको क्षती भएको छ । किसान रिक्कि बहादुर क्षेत्रीले पालेको २ सय ब्रोइलर कुखुरा बिहिवार रातीकोे समयमा चितुवा पसेर मारिदिएको बताइएको छ । किसान क्षत्रीले विगत दुइवर्ष देखी व्यवसायीक रुपमा खेती किसानी, कुखुरा पालन तथा गाइपालन गर्दै आएका थिएउनले विगतमा कुखुरा व्यवसायवाट राम्रै आम्दानी भएपनि चितुवाले कुखुरा मारिदिएपछि एक लाख २५ हजार वराबरको क्षती बताए । रातको समयमा विद्युत सेवा अवरुद्ध भएको अवस्थामा चितुवा पसेर कुखुराहरु कुनै खाएको पाइएको छ भने कुनैलाई आक्रमण गरी मारेको पाइएको हो ।किसान खत्रीले घटनाको जानकारी नगरपालिकामा गराएपछि नगरपालिकाको प्राविधिक टोली आइ जाच वुज गरेको थियो । प्राविधिकको सल्लाह अनुसार उचित स्थानमा खाल्टो खनेर गाडेको बताइएको छ । किसान खत्रीले कुखरा संग संगै ८ ओटा गाइ समेत पाल्दै आएका छन । गाइ र्फमवाट दैनिक ३० लिटर दुध उत्पादन गरी वेच्दै आएको किसान खत्रीले बताए ।