About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
उद्योग बाणिज्य संघ पर्वतको अध्यक्षमा केदारनाथ शर्मा बिजयी

Darpanpost सोमबार, चैत्र ०५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत ः पर्वत उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि अध्यक्षमा केदारनाथ शर्मा भारी मतले बिजयी हुनुभएको छ ।
भर्खरै घोषणा भएको अन्तिम मतपरिणाम अनुसार केदारनाथ शर्माले ८ सय १५ मत प्राप्त गरी अध्यक्षमा बिजयी हुनुभएको हो । भने उहाँका प्रतिस्पर्धि लोकतान्त्रिक गठवन्धनका लेखनाथ शर्माले ४ सय ५७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै महिला सदस्यमा प्रमिला शर्मा परि र चन्द्रकला शर्मा बिजयी हुनुभएको छ । भने खुल्ला सदस्यहरुमा ठाकुर बी पौडेल, रमेश शर्मा लामिछाने, सागर श्रेष्ठ, राजन गुरुङm तिला गिरी कृष्ण, कमलबहादुर जिसी, सुनिल भुसाल, गणेश लामिछाने, राजनकुमार जोशी, शेरबहादुर चोचाङ्गी, कृष्णप्रसाद भुसाल, मिनप्रसाद शर्मा, विकास विश्वकर्मा, चित्रबहादुर अधिकारी गोपाल, नारायणप्रसाद पौडेल, मानसिंह भण्डारी, जगन्नाथ अधिकारी, कृष्णप्रसाद रेग्मी, दिपक अधिकारी र शिवशर्मा पौडेल बिजयी हुनुभएको छ । बिजयी भएकाहरु मध्ये शिवशर्मा पौडेल, मानसिंह भण्डारी र राजनकुमार जोशी लोकतान्त्रिक गठवन्धनका उम्ेमदवार हुन भने अन्य सवै बाम गठवन्धनका उम्मेदवार बिजयी भएका हुन् ।
अध्यक्ष सहित २३ जनाको कार्यसमितिमा ४४ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचनमा १ हजार तीन सय ७८ जनाले मतदान गरेका थिए । संघमा आवद्ध १ हजा पाँच सय ८७ मतदाता मध्ये २ सय ९ जनाले मतदानमा सहभागिता नजनाएको निर्वाचन अधिकृत डिल्लीराम शर्माले जानकारी दिनुभयो ।
यसैबीच निर्वाचित कार्यसमितिलाई आईतवार साँझनै प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन समितिले प्रमाणपत्र वितरण तथा वधाई ज्ञापन गरेको हो । बिजयी भएपछि नवनिर्वाचित अध्यक्ष केदारनाथ शर्माले पर्वतको उद्योग, व्यावसायको प्रवद्र्धनका लागि आफु सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिल्लाको समग्र आर्थिक, सामाजिक र पूर्वाधारको क्षेत्रमा पर्वत उद्योग बाणिज्य संघले पहिलेदेखिनै काम गर्दै आएको बताउँदै संघलाई अझै बढि क्रियाशिल बनाएर लैजाने बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com