About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
लुम्बिनी विकास कोषकै कारण रामग्राम स्तुप ओझेलमा

Darpanpost आइतबार, चैत्र ०४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

चैत्र ४ । भगवान् गौतम बुद्धको सिंगो अस्थुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुप लुम्बिनी विकास कोषका कारणले ओझेलमा परेको जिल्ला समन्वय समिति नवलपरासी पश्चिमका प्रमुख शिवशंकर रायले बताएका छन् । लुम्बिनी सहित रामग्राम र तिलौराकोटको विकास गर्ने भनेर लुम्बिनी विकास कोष गठन भएपनि कोषले रामग्रामलाई ध्यान नदिएको उनले बताए ।
नेपाल पर्यटन पत्रकार संघ नवलपरासी(पश्चिम)को आयोजनामा आज रामग्राम ७ स्थित रामग्राम स्तुप परिसरमा आयोजित निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रायले सो कुरा बताएका हुन् । विश्व सम्पदामा पर्नुपर्ने र पुर्ण संरक्षणमा हुनुपर्ने बुद्धसँग जोडिएको रामग्राम स्तुपमा पुर्वाधार अभाव हुँदा यहाँ पर्यटक आकर्षण गर्न नसकिएको उनले बताए । प्रमुख रायले अव जनप्रतिनिधिले स्तुपको विकास गर्ने बताए । सोही कार्यत्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले पनि रामग्राम वास्तवमै ओझेलमा परेको स्वीकार गरे । तर रामग्रामवासीले कोषलाई झक्झकाउने काम नभएको उनले दावी गरे । अहिलेको समिति रामग्रामको विकास गर्न सकरात्मक रहेको उनको भनाई थियो ।
यसैगरी रामग्राम ७ का वडा अध्यक्ष शिवशंकर हरिजनले स्तुप क्षेत्रमा ऐतिहासिक महत्वका वस्तुहरुको संरक्षण नभएको भन्दै संरक्षणमा जोड दिएका थिए ।पर्यटन पत्रकार संघ नवलपरासी(पश्चिम)का अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार महासंघका पुर्व सभापति केशव पराजुली, त्रिवेणी टिभीका स्टेशन म्यानेजर कृष्ण ढकाल, संघका वरिष्ठ उपाध्यक्ष नारायण भण्डारी, सचिव रमेश भुसाल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
त्यस्तै   नेपाल पर्यटन पत्रकार संघ जिल्ला शाखा नवलपरासी(पश्चिम)ले पश्चिम नवलपरासीमा पर्यटनको सम्भावना र अवसरको विषयमा जिल्लाका सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्ने भएको छ । ऐतिहासिक रामग्राम स्तुपमा रामग्राम ७ उजैनीमा आज बसेको संघको प्रथम बैठकले जिल्लाका सात वटै स्थानीय तहमा पर्ने पर्यटकीय स्थलको पहिचान, सम्भाव्यता, अवसर र विकासका लागि पहल गर्ने उद्देश्यले आगामी वैशाखमा सो कार्यक्रम गर्ने निर्णय गरेको पर्यटन पत्रकार संघका जिल्ला अध्यक्ष मोहन पौडेलले जानकारी दिए ।
यस्तै संघको बैठकले रिक्त रहेको सहसचिव पदमा घनश्याम पोखरेल(राजु)लाई मनोनयन गरेको छ भने पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, मध्य नेपाल यातायात व्यवसायी संघलाई संस्थागत सल्लाहकार र पत्रकार वेचु गौडलाई सल्लाहकार मनोनयन पनि गरेको वरिष्ठ उपाध्यक्ष नारायण भण्डारीले बताए । पर्यटन पत्रकार संघको कार्य व्यवस्थित गर्न विभिन्न विभाग पनि गठन भएका छन् ।
प्रशिक्षण विभाग प्रमुखमा नारायण भण्डारी, महिला तथा समावेशी विभाग प्रमुखमा सम्झना विक, प्रचार विभाग प्रमुखमा हुसेन अन्सारी, समन्वय तथा सम्बन्ध विस्तार विभाग प्रमुखमा मोहन पौडेल, कार्यक्रम विभाग प्रमुखमा घनश्याम पोखरेल मनोनित भएका छन् भने रामग्राम नगरपालिकाको ईन्चार्जमा अभिषेक राव, सुनवल नगरपालिकाको ईन्चार्जमा दिपक खनाल, बर्दघाट नगरपालिकाको ईन्चार्जमा रामु भुसाल, पाल्ही नन्दन गाउँपालिकाको ईन्चार्जमा धुव्रनारायण बानिया, सरावल गाउँपालिकाको ईन्चार्जमा दामोदर देवकोटा, प्रतापपुर गाउँपालिकाको ईन्चार्जमा राजु पोखरेल र सुस्ता गाउँपालिकाको र्इृन्चार्जमा श्याम थापा मनोनित भएका संघका सचिव रमेश भुसालले जानकारी दिए । संघका अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा पत्रकार महासंघका पुर्व सभापति केशव पराजुलीको प्रमुख आतिथ्यमा बैठक भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com