About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
२० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रीस्टारलाई ।

Darpanpost शनिबार, चैत्र ०३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई  / बुटवल चैत ३ – बुटवलको  देवीनगर मा जारी २० औँ तिलोत्तमा गोल्डकप आज सम्पन्न भएको छ ।

बुटवल देवीनगरस्थित एन्फा मैदानमा भएको २० औं तिलोत्तमा गोल्डकप को  उपाधि थ्रीस्टार क्लबले जितेको छ ।

आज भएको फाइनल  खेलमा  नेपाल पुलिस क्लबलाई २-० गोलको अन्तरले हराउँदै थ्रीस्टार क्लबले खेल जितेको हो ।

खेलको पहिलो हाफमा  गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा खेल शुरु भए सँगै  हावी बनेको थ्रीस्टार क्लबले  ६६ औं मिनेटमा बिमल घर्ती मगरको पासलाई बचाउन खोज्दा नेपाल पुलिसका रबिन श्रेष्ठले आत्मघाती गोल गर्ने पुगेका थिए ।

खेलको ७९ औं मिनेटमा सुनिल बलको कर्नर बाम निराजन खड्काले हेड गोल गरे ।

उपाधिसँगै थ्रीस्टारले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाएको छ भने उपविजेता पुलिसले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ मा चित्त बुझाएको छ ।

प्रतियोगितामा रुस्लान थ्रीस्टार क्याप्टेन निराजन खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्  ।

प्रतियोगिता फागुन २४ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा १० समुहको सहभागीता रहेको थियो  ।

पुरस्कार वितरण समारोहमा बोल्दै बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुटवललाई खेलमय बनाउन तिलोत्तमा गोल्डकपले सहयोग गरेको बताए का थिए ।

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com