अमृत भट्टराई \ रुपन्देही (बुटवल ) , चैत -२ गते रुपन्देही जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने शुद्धोोोोोोधन गाउँपालिका -३ रामवापुर मा रहेको यज्ञोदय दुधनाथ बहुमुखी क्याम्पसमा नव आगन्तुक बिद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
चैत १ गते नेपाल विद्यार्थी संघ यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पस द्ारा आयोजित नव आगन्तुक विद्यार्थी लाई स्वागत कार्यक्रम गरिएको हो ।
इकाई सभापति डि. आ कंडेल ले दर्पण पोस्ट लाई जानकारी दिनुभएको छ ।
हृदय कुमारी बानियाको सञ्चालन मा सञ्चालित कार्यक्रमको अध्यक्ष्ातामा सभापति डि. आर कंडेल रहनुभएको थियो ।
प्रमुख अतिथि भने प्रकाश राना रहनु भएको कार्यक्रम मा स्वागत मन्तव्य सोही विद्यालयकि विद्यार्थी नेत्री जुनु खाम्चा मगर ले गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना दिनेहरू मा क्याम्पसका स्थापक अध्यक्ष सोमनाथ शर्मा ,
केन्द्रीय उपाध्यक्ष सागर परियार , पवन यादव
केन्द्रीयसदस्य लेखनाथ भट्टराई र टंक पाण्डे , क्याम्पस प्रमुख टंक पौडेल युवा नेता रमेश खनाल , केशव अधिकारी , प्रध्यापक संघ प्रतिनिधि दामोदर पंगेनी, नेता सुरज ज्ञवाली लगाएतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा अन्तमा बोल्दै कार्यक्रमको अध्यक्ष डि. आर कंडेल ले भने नेविसंघ सधैं विद्यार्थी को साथमा रहने छ ।
स्वागत कार्यक्रममा विभिन्न संस्कृति कार्यक्रम पनि रहेको जानकारी प्राप्त भएको छ ।