About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
मनाङलाई हराउँदै थ्रीस्टार पुग्यो तिलोत्तमा गोल्डकपको फाइनलमा ।

Darpanpost बिहिबार, चैत्र ०१, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई  – १ चैत , रुपन्देही ( बुटवल )  रुपन्देहीको बुटवलमा जारी  २० औ तिलोत्तमा गोल्डकप को  फाइनलमा मनाङलाई हराउँदै थ्री स्टार क्लब पुगेको छ ।

बुटवल देविनगर स्थित एन्फा खेेल मैदानमा आजभएको खेलमा मनाङ मस्यार्ङदि  क्लबलाई २-१ गोलको अन्तरले हराउँदै थ्री स्टार फाइनलमा आफ्नो सिट सुरक्षित गरेको हो ।

अब थ्री स्टार को उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ  । आजको खेलमा अग्रता लिएको मनाङले २३ औ मिनेटमा विशाल राइको  पासमा फ्लोरेनले गोल गरेका थिए ।  त्यो गोल गरेको एक मिनेट बित्न नपाउदै थ्री स्टार क्लबका बुद्ध चेम्जोङले एक्लै बललाई ाआफै नियन्त्रणमा लिएर गोल गरे  र बराबरी गोल गरेका थिए । पहिलो हाफकै ३८ औ मिनेटमा थ्रीस्टार ले पाएको फ्रि किकमा निराजन खड्काले गोल गरेका थिए । दोस्रो हाफ मा भने कुनै समूह बाट पनि गोल हुन सकेन र २ गोल सहित थ्रीस्टार  विजय बन्यो ।अब भने आउदो चैत ३ गते नेपाल पुलिस सँग थ्रीस्टार ले सामना गर्ने छ ।

प्रथम हुने टिमले  ७ लाख ७७ हजार ७ सय ७७ रुपैया पाउने छ भने उपविजेता हुने टिमले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ  नगद पाउने छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com