About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
पर्वत उद्योग बाणिज्य संघमा प्यानलै बनाएर उद्योगी ब्यबसायी प्रतिष्पर्धामा

Darpanpost मंगलबार, फाल्गुण २९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत, उद्योगी ब्यबसायीहरुको साझा संस्था पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका दुई वटा समुहले प्यानलै बनाएर प्रतिष्पर्धामा उत्रिएका छन ।
पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि बामपन्थीहरुको साझा उमेदवारको रुपमा केदारनाथ शर्मा र प्रजातान्त्रिक समुहबाट लेखनाथ शर्माले प्यानलै बनाएर चुनाबी प्रतिष्पर्धामा उत्रिएका हुन । पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि चैत्र ३ गते चुनाब हुँदैछ ।
पर्वत उद्योग बाणिज्य संघमा महासचिब र बाणिज्य उपाध्यक्ष भएर काम गरेका केदारनाथ शर्मा दुई पदमा रहँदा आफुँले ब्यबसायीको हितमा धेरै काम गरेका कारण जित्ने कुरामा ढुक्क रहेको बताउँछन । बामपन्थी मात्रै नभई धेरै प्रजातन्त्रबादी उद्योगी र ब्यबसायीहरु पनि आफ्नो पक्षमा भएकाले जित सुनिश्चित भएको दाबी उनको छ । ‘ब्यबसायीको हितको पक्षमा निरन्तर लागेका कारण उनीहरुको माया र बिश्वासले नै मेरो जित सुनिश्चित छ’ उनले भने ‘पर्वत उद्योग बाणिज्य संघमा दुई कार्यकालमा भएका सुधारका कामको निरन्तरताका लागि पनि मेरो नेतृत्व आवश्यक छ’ शर्मा स्थानिय मिडीया उद्यमी समेत हुन ।
पर्वत उद्योग बाणिज्य संघमा पहिले बरिष्ठ उपाध्यक्ष भएर काम गरेका लेखनाथ शर्मा भने उद्योगी ब्यबसायीले नेतृत्व परिर्वतनको पक्षमा भएकाले यसपटक बामपन्थीहरु भन्दा प्रजातान्त्रिक पक्षधर शक्तिले चुनाब जित्ने दाबी गर्छन । ‘उद्योग बाणिज्य संघलाई ब्यबसायिक नेतृत्व गर्नका लागि मेरो नेतृत्व आवश्यक छ’
बामपन्थी समर्थक उद्योगी ब्यबसायीहरु शुरुमा दुई प्यानल बनाएर चुनाब लड्न थालेका थिए । अध्यक्ष पदका दाबेदार बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी र बाणिज्य उपाध्यक्ष केदारनाथ शर्माले छुट्टाछुट्टै प्यानलको तयारीमा रहेका बेला पार्टी नेतृत्वले बामपन्थी एकता कायम राख्ने र केही समय पछि पार्टी एकता समेत हुन लागेको अवस्थामा एकता कायम गरेर अघि बढ्न दबाब दिएपछि साझा संयुक्त प्यानल बनाएर चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन । बिगतमा बामपन्थी प्यानलमा प्रजातान्त्रिक प्यानलबाट असन्तुष्ट समुह समेत मिलेर गएपनि यस पटक अन्तिम समय सम्म बामपन्थी समुहमा एकता नदेखिएपछि प्रजातान्त्रिक समुहबाटै प्रतिष्पष्र्धामा उत्रिएको छ । मा जाने तयारीमा रहेपनि नेकपा(एमाले) र माओबादी केन्द्रका जिल्ला नेताहरु बसेर सोमबार अपराहन्न सहमति कायम गर्दै एउटै प्यानलमा चुनाब लडपर्वत उद्योग बाणिज्य संघमा बामपन्थी समुह बलियो समुहको रुपमा रहँदै आएको छ । संघमा यस अघिका निर्वाचनहरुमा बामपन्थी समुहले समर्थन गरेका उमेदवारहरुले नै अधिकाँश पदमा जित हासिल गरेका कारण यसपटक पनि बामपन्थी समुह नै बलियो देखिएको छ भने बिगतका निर्वाचनमा बिभाजित बन्दै आएको लोकतान्त्रिक समुह एक भएर उमेदवारी दिएका कारण कडा प्रतिष्पर्धा हुने ब्यबसायीहरु बताउँछन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com