About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पश्चिम नवलपरासीमा पर्यटन पत्रकार संघ गठन

Darpanpost आइतबार, फाल्गुण २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

सुनवल– नेपाल पर्यटन पत्रकार संघ(एन्टोज) नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) प्रथम जिल्ला अधिवेशनबाट मोहन पौडेल अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ ।
आईतबार परासीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा नारायण भण्डारी, महिला उपाध्यक्षमा सम्झना विश्वकर्मा, सचिवमा रमेश भुसाल, कोषाध्यक्षमा हुसेन अन्सारी, सहसचिवमा श्याम थापा चयन भएका छन् । यस्तै सदस्यमा दिपक खनाल, प्रमोद अर्याल, अभिषेक राव,आरती राना, रेनुका चौधरी, धुव्रनारायण बानिया, दामोदर देवकोटा, अशोक गुप्ता, रामु भुसाल चयन भएका छन् ।यसैगरी अधिवेशनले प्रदेश प्रतिनिधिमा वेनिमाधब बस्याल र विष्णु खनाललाई चयन गरेको छ । यसअघि अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा(ऋतुविचार)ले पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रको विकासमा आफुहरुले काम गर्ने बताए । अवको आर्थिक विकास र समृद्धिको नारालाई सार्थक बनाउन पनि पर्यटनको विकास अनिवार्य भएको उनको भनाई थियो । यस्तै रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुंवरले पर्यटनको
विकासमा रामग्राम नगरपालिका पनि लागिरहेको बताईन् । सो अवसरमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य बेचु गौड, नेपाल
पर्यटन पत्रकार संघ रुपन्देहीका अध्यक्ष भुवन कार्कि, उद्योग वाणिज्य संघका कार्यकारी सदस्य सुरज पाण्डेय, नागरिक समाजका अध्यक्ष शम्भु उपाध्याय, प्रेस सेन्टरका जिल्ला संयोजक वेनिमाधब बस्याल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण भण्डारी, रामग्राम जेसीजका अध्यक्ष मुक्ति पौडेल, रामग्राम महिला जेसीजकी अध्यक्ष माया अग्रहरी, अभिषेक राव, रमेश भुसाल
लगायतले शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com