२३ फागुन । रामेछापमा आफ्नै श्रीमतीलाई पिर्काले टाउकोमा हानेर हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । उमाकुण्ड गाउँपालिका ४ रारागाउँ बस्ने ५३ वर्षीय ताराबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । घरायसी कुरामा झगडा हुदाँ सुनुवारले ४४ वर्षीया श्रीमती सूर्यकला सुनुवारलाई काठको पिर्काले टाउकोमा हिर्काउँदा घटनास्थलमै मृत्यु भएको घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ रहेको छ ।