About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
काँग्रेसका नेता गंगाधर तिवारीको छोराको विहेमा जन्ती जानको लागि पर्वतमा स्थानीय तीन विद्यालय बन्द

Darpanpost बुधबार, फाल्गुण २३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत । पछिल्लो समयमा शिक्षकहरु आफ्नो पेशाप्रति मर्यादित हुन सकेका छैनन् । राजनीतिक दलको झण्डा र झोला बोकेका समाचारहरु धेरैनै आए । पर्वत जिल्ला पनि यस विषयमा अछुतो भने छैन । विद्यालय, विद्यार्थीको भविष्यमाथिनै खेलवाड गर्नको लागि यहाँका शिक्षकहरुलाई कुनै आइतबार कुर्नु पर्दैन । मन लागे विद्यालय खुल्छ शिक्षकलाई विहे वा भोजमा जानु पर्यो भने विद्यालय बन्द हुन्छ । यस्तै भएको छ फलेवास नगरपालिका ३ शंकरपोखरीमा रहेको जनसहयोगी माविमा ।जनसहयोगी माविका प्रधानाध्यापक गणेशबहादुर थापा विद्यालयनै बन्द गरी विहेमा जन्ती बनेर सहभागी बनेका छन् । सयौ विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै उनी विद्यालयलाई बन्द गर्दै विहेमा जन्ती गएको स्थानीयबासीले बताएका छन् ।फलेवास नगरपालिका ३ शंकरपोखरीमा रहेका जनसहयोगी मावि, महादेव प्रावि, त्रिभुवन मावि बन्दनै गरेर शिक्षकहरु काँग्रेस नेताको छोराको भोज खान विहेमा सरिक भएका हुन् ।
स्थानीय नेता नेपाली काँग्रेसबाट फलेवास नगरपालिकामा मेयरका उम्मेदवार बनेका गंगाधर तिवारीको छोराका विहेमा जनसहयोगी माविका प्रअ विद्यालयनै बन्द गरेर सरिक भएका हुन् । पेशाप्रति निष्ठान, मर्यादित हुनुपर्नेमा उनी गैरजिम्मेवारी भएर एसइइ परिक्षाको तयारी गरिरहेका विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै विहेमा सहभागी भएका हुन् ।विद्यालयका प्रअ गणेबहादुर थापाले विद्यालय बन्द गरेको स्वीकार गरेका छन् । उनले विद्यालय व्यवस्थापन समितिसँगै छलफल गरेर विदा रोखेको बताएका छन् । उनले विद्यालयमा आधा भन्दा कम शिक्षक आउने स्थीति देखिएकाले एक दिनको लागि विद्यालय बन्द गरेको तर अबका दिनमा भने विद्यालय बन्द नगर्ने उनले बताए ।
फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले त्यसवारेमा आफूले पूर्णरुपमा बुझन नपाएको संक्षिप्त जानकारी दिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com