About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
स्थानिय सरकार संग नागरिक सम्बाद कार्यक्रम सम्पन्न

Darpanpost बुधबार, फाल्गुण २३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

२२ फागुन नवलपरासी ।

दौतरी एफ एम १०५.८ मेगाहर्जको आयोजनामा सुस्ता गाउपालिका वडा नम्बर २ मा स्थानिय सरकार संग नागरिक सम्बाद कार्यक्रम सम्पन्न भएको छ । सुस्ता गाउपालिका वडा नम्बर २ को महलबारी मन्दिरको ट्रस्टमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम दुइृ नम्बर वडाका अध्यक्ष कृष्णलाल म्खियाको अध्यक्षता गाउपालिका प्रमुख रामप्रसाद पाण्डेको प्रमुख आतिथ्त्यता रहेको थियो । कार्यक्रममा विभिन्न उपभोक्ता समितिका प्रतिनिधि तथा संघ संस्थाका प्रतिनिधि र आम नागरीकहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमा नागरिकहरुले वडामा संचालित विभिन्न योजनाहरु र आफुलाई लागेका कुराहरु निर्धक्क संग आफ्ना जनप्रतिनिधिहरु सामु राखेका थिए । नागरिकका जिज्ञासाहरुलाई गाउपालिका प्रमुख वडा अध्यक्ष गाउपालिका उपप्रमुख लगायत वडा सदस्यहरु र वडा सचिव विस्नु प्रसाद ढकालले समाधान गर्नुभएको थियो । सुस्ता गाउपालिकामा वडा स्तको १ करोड २५ लाख र गाउपालिका स्तरको ७६ लाख गरी कुल २ करोड १ हजार बराबरको योजना संचालनमा रहेकोमा अहिले सम्म करिव ४० प्रतिशत काम सम्पन्न भएको बताईएको छ । वांकी ६० प्रतिसत योजना जेठ मसान्त सम्ममा सम्पन्न भैसक्ने बताईएको छ । सुूता गाउपालिकालाई बोलीमा मात्र नभई ब्यबहारमा नमुना गाउपालिका बनाउन आफुहरु लागिपरेको गाउपालिका प्रमुख रामप्रसाद पाण्डेले बताउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com