About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
विश्वकप छनौटः जिम्बाबेद्धारा नेपाल एक सय १६ रनले पराजित

Darpanpost आइतबार, फाल्गुण २०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं, फागुन २०–

विश्वकप छनौटको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाबेसंग एक सय १६ रनले पराजित भएको छ । जिम्बाबेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपालले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६४ रन मात्रै जोड्न सक्यो । नेपालका शरद भेषवाकर र आरिफ शेखले अर्धशतक पुरा गरे । भेषवाकरले ५२ र आरिफले ५० रन बनाए ।

यस्तै कप्तान पारस खड्काले ४०, उपकप्तान ज्ञानेन्द्र मल्ले ३२, रोहित पौडेलले ३०, दीपेन्द्र सिंह ऐरीले २३, दलिप नाथ २, बसन्त रेग्मीले २ रन बनाए । सोमपाल कामी अनटआउट १२ र सन्दीप लामिछानेले नटआउट ७ रन जोडे । नेपालको सुरुवात आज पनि राम्रो रहेन । ९ रन जोड्दा नेपालले दिलिप नाथलाई गुमाएको थियो ।

यसअघि बुलवायोमा टस जितेर पहिले व्याटिङ रोजेको जिम्बाबेले निर्धा्रित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८० रन जोडेको थियो । जिम्बाबेका दुई खेलाडीले सतक प्रहार गरे । सिकन्दर राजाले सर्वा्धिक १२३ र ब्रेन्डन टेलरले १०० रन बनाए । यस्तै मिरेले अर्धशतक पारी खेल्दै ५२ रन, झुओले ४१, इरभिनले ३४ रनको योगदान दिए । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान दुई विकेट लिए भने सन्दीप लामिछाने र ललित राजवंशीले समान एकरएक विकेट लिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com