About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सेन्ट जोसेफ मा.वि.मा समिक्षात्मक बैठक सम्पन्न ।

Darpanpost आइतबार, फाल्गुण २०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

२० फाल्गुन, २०७४, माधव अधिकारी ।।

सेन्ट जोसेफ मा.वि. कावासोती–३, नवलपुरमा शिक्षक कर्मचारीहरुका बिचमा समिक्षात्मक बैठक सम्पन्न भएको छ । शैक्षिक सत्र २०७४ को अन्त्यतिर आइसकेकाले आज विदाको दिन पारी कार्यक्रम गरिएको हो । कार्यक्रममा शैक्षिक सत्र २०७४ को समिक्षा र २०७५ को योजनाको विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको सहजिकरण प्याबसनका केन्द्रीय सचिवालय सदस्य भीमलाल अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक दिपकराज लम्सालले विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा सुधार भएको जनाउदै आगामी आर्थिक बर्ष २०७५ मा २०० भन्दा बढि नयाँ विद्यार्थी बढाउन सकिने बताउनुभयो ।

कार्यक्रममा सहभागि शिक्षक कर्मचारीहरुले विद्यालयका राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्याबसनका केन्द्रीय सचिवालय सदस्य भिमलाल अधिकारी, विद्यालयका प्रबन्ध निर्देशक दिपकराज लम्साल, प्रीन्सिपल ओम प्रसाद रिजाल, भाइस प्रीन्सिपल विकास थापा लगायत विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com