About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
रेडियो पत्रकारिता तालिम शुरु

Darpanpost शनिबार, फाल्गुण १९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

एभरेष्ट गहतराज
फागुन  १९  पर्वत ।
पर्वतको बिहादी गाउँपालिकामा रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ । रेडियो सत्यवाणीले तालिमको आयोजना गरेको हो । रानीपानीमा सञ्चालित रेडियोले परिक्षण प्रसारण शुरु भएपछि पहिलोपटक तालिमको आयोजना गरेको छ । तालिममा बिहादी गाउँपालिका भि त्रका २५ जनाको सहभागिता रहेको छ ।
तालिम फागुन ३० सम्म सञ्चालन हुने रेडियोका अधयक्ष हरि न्यौपानेले जानकारी दिनुभयो । तालिम पश्चात दक्षताको आधारमा केहिलाई रेडियोमै रोजगारीको अबसर पनि दिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । पत्रकार भवानीप्रसाद शर्मा, अगन्धर तिवारी, रोशन तिवारी, एभरेष्ट गहतराज, पदम क्षेत्रीले प्रशिक्षण दिने जनाइएको छ ।
तालिममा समाचार लेखन, कार्यक्रम उत्पादन र भाषणकलाको बारेमा सैदान्तिक र व्यवहारीक ज्ञान प्रदान गर्ने आयोजकले जनाएको छ । रेडियो सत्यबाणीले मंसिर १४ गतेदेखि परिक्षण प्रसारण गरिरहेको छ । अहिले १८ घण्टासम्म प्रसारण गरिँदै आएको रेडियोले नियमित कार्यक्रम र समाचार प्रसारण गर्ने तयारी गरेको छ । रेडियो सत्यवाणी पर्वतका गाउँपालिकाकै पहिलो सामुदायिक रेडियो हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com