About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
अहिँलेको सरकार ६० बर्ष यताकै उत्कृष्ट सरकार बन्ने प्रचण्डको भनाई

Darpanpost बुधबार, फाल्गुण १६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले अहिँलेको सरकार जनताको लागी स्थायीत्व,समृद्धी र समाजबादको आधार निर्माण गर्ने पहिलो सरकार बन्ने दाबी गर्नुभएको छ । बुधबार रेडियो दिदीबहिनी पर्वतको आठौँ बार्षीकोत्सव तथा दशौँ पश्चिमाञ्चल महिला महोत्सवको उद्घाटन गर्दैै प्रचण्डले नेपालमा करिब ६० बर्ष पछी बन्न लागेको दुई तिहाईको सरकारले सुशासन,समृद्धि,विकास र परिर्वतन गरेरै छाड्ने दाबी गर्नुभयो । देश लाई समृद्धशालि बनाउन दुई तिहाईको सरकार बनाउने कसरत भईरहेको भन्दै दुई तिहाई सांसदले समर्थन गरेको सरकारले सुसाशन, स्थायित्व र विकासको ग्यारेण्टी गर्ने बताउनुभयो । दुई तिहाई पुराउन मधेसीदल लाई पनि सरकरामा सहभागी गराउन लागेको बताउदै प्रचण्डले मधेसी दल सँग बिभिन्न छलफलहरु भईरहेको र पटक पटक गरिएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । प्रचण्डले सहमति पत्रमा आजै हस्ताक्षर हुने र भोलि सम्ममा फोरमलाई समेत सहभागि गराएर मन्त्रिपरिषदलाई पुर्णता दिने तयारी रहेको समेत बताउनुभयो । साथै उहाँले नेपाली जनताले स्थायित्व र विकासको चाहना खोजेको बताउँदै प्रचण्डले सुशासन, स्थायित्व र विकासका लागि सबै राजनीतिक दल, आम जनता र व्यवसायी सबै बीच राष्ट्रिय एकताको आवश्यकतामा जोड दिनुभयो ।दुई तिहाईको सरकार बनाउन चटारो रहेको बताउदै प्रचण्डले आफ्नो मन्तव्य छोट्याएउनुभएको थीयो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य गणेश तिमिल्सिना, प्रतिनिधीसभाका सदस्यहरु सुर्य पाठक,मन कु.केसी,प्रदेश सभाका सदस्यहरु विकास लम्साल,जुनादेवी नेपाली लागएतले बोल्नुभएको थीयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com