१६ फाल्गुन, २०७४, माधव अधिकारी ।।
कावासोति सेन्ट जोसेफ माध्यमिक विद्यालयमा विदाइ कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९मा अध्ययनरत विद्यार्थीहरुले २०७४ सालमा सचालन हुने एस.इ.इ. परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाइ आज एक कार्यक्रमका विच विदाइ गरेको हो ।
कक्षा ९ मा अध्ययनरत विद्यार्थी ओसीन अधिकारी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी विद्यालयका प्रवन्ध निर्देशक दिपक राज लम्साल रहनुभएको थियो ।
यसैगरी विशिष्ट अतिथीमा प्रि प्राइमरी संयोजक राधा शर्मा, भाइस प्रिन्सीपल विकास थापा , प्रिन्सिपल ओम प्रसाद रिजाल लगाएत शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी लम्सालले एस.इ.इ. परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाइ अग्रिम सफलताको शुभकामना दिनुहुँदै विद्यार्थीहरुलाइ मेहनत नै सफलताको विन्दुरहेकोले परीश्रम गर्न कहील्यै कन्जुस्याइ गर्न नहुने बताउनुभयो ।
कक्षा ९ का विद्यार्थी विनिता पोख्रेलको स्वात मन्तव्य रहेको कार्यक्रमको संचालन विद्यार्थी शेखर रिजालले गर्नुभएको थियो ।