फागुन १६ । निर्माण अवस्थामा रहेको नारायणगढ मुग्लिन सडकखण्ड होली पर्वको लागी २ दिन खुल्ला हुने भएको छ । बिहीबार र शुक्रबार सडक बन्द नगरिने नारायणगढ मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । कामलाई गति दिन भन्दै आयोजनाले हरेक दिन विहान १० बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गर्दै आएको छ । आयोजनाको हालसम्म ७६ प्रतिशत काम सकिएको जनाएको छ ।