About Contact
२५ मंसिर २०८०, सोमबार
Close
बिज्ञापन
नेपाल मगर संघको एकता दिवसको अवसर विभिन्न कार्यक्रम सम्पन

Darpanpost बुधबार, फाल्गुण १६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

फागुन १६ ।

नेपाल मगर संघको एकता दिवसको अवसर पारेर आज नवलपरासीको बर्दघाट , बडेरा ,बनकट्टी, सुनवल , कावासोती, देवचुली, गैडाकोट, मध्यविन्दु, हुप्सेकोट लगायतका क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु गरिएको छ । बर्दघाट नगरपालिका ४  बर्दघाटमा ३६ औं एकता दिवसको अबसरमा नेपाल मगर संघ बर्दघाट नगर समिति नवलपरासीको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्मपन्न भएको छ । कार्यक्रम नेपाल मगर संघ बर्दघाट नगरसमिति का कार्यबाहक अध्यक्ष कमला थापा को अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाल मगर संघ जिल्ला कार्यसमिति पश्चिम नवलपरासीका नव निर्वाचित प्रथम अध्यक्ष दिल बहादुर थापा रहनु भएको थियो । कार्यक्रममा बोल्ने क्रममा पश्चिम नवलपरासीका नव निर्वाचित प्रथम अध्यक्ष दिल बहादुर थापाले मगर समुदायको कला संस्कृतिको जर्गैना  गर्नै क्रममा अधिल्ला पुस्ताहरुमा अन्यकला संस्कृतिलाई होच्याएर आफनो संस्कृति स्थापित गरउने परम्मपरालाई अबका नया पुस्ताले परिबर्तन र परिमार्जन गर्दै मगर समुदायको अन्य मौलिक पक्षहरुलाई उठान गर्दै जानु पर्नै बताउनु भएको थियो । साथै नया पुस्तामा मगर समुदायको मैलिक भोष भुषा रहन सहन र भाषलाई स्किार गर्न नसकेको अबस्थामा आफनो कायर्कालमा यस प्रकारको समस्यालाई न्युनिकरण गर्नको लागि सरकारका तह हरुसंग समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो  । त्यस्तै कार्यक्रममा बोल्ने क्रममा बिशिष्ट अतिथिको रुपमा रहनु भएका बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले नेपालको धर्ति जोगाउनको लागि मगर समुदायले खेलेको भुमिकाको स्मरण गर्दे भाषा संस्कृतिको को जर्गेना गर्नु जति चिन्तीत बन्नु पर्नै हो त्यो आफुले नदेखेको बताउदै लगाईमा मात्र पहिचान नभएको हुदा भाषा लाई पनि संरक्षण गर्नु पर्नै बताउनु भयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटका असई सोम लामा , नेपाल मगर बुद्ध सेबा समाज केन्द्रिीय सचिव जित बहादुर राना मगर, नेपाल मगर महिला संघ केन्द्रिय सदस्य तारा राना , प्रशिक्षक मन बहादुर पुलामी मगर , हरि बुच्चा मगर ,नेपाल मगर संघ जिल्ला उपाध्यक्ष मिन माया थापा, साविर पुन, आदीबासी जनजाती महासंघ बर्दघाट नगरसमिति अध्यक्षविरेन्द्र श्रेष्ठ, बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ईन्द्र कुमार राना , सन्तोस थापा लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा मगर समुदायको कला संस्कृर्ति झल्कने खालका प्रस्तुती हरु रहेका थिए । कार्यक्रममा नगर कोषाध्यक्ष ताम बहादुर ह्रास कोटिको स्वागत रहेको थियो भने राम बहादुर राना मगर र पिपला मगरको संचालन रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा पाँच दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न
स्वस्थ , शान्त र समृद्ध जीवन निर्माणका लागीे रुपन्देहीमा चक्र विज्ञान कार्यक्रम हुने 

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com