रमेश भुसाल ।
फागुन १२ ,सुनवल । लुम्वीनी माध्यमिक विद्यालय (सार्वजनिक शैक्षिक गुठि) सुनवल १ नवलपरासीले आज एक कार्यक्रमका विच २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगा वहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्वर ५ का भौतिक पुर्वधार तथा विकास मन्त्री वैजनाथ चौधरी रहनुभएको थियो । कार्यक्रममा प्यावशनका केन्द्रीय सदस्य याम वहादुर थापा , प्यावशन नवलपरासीका अध्यक्ष शुर्वण न्यौपाने, जिशन नवलपरासीका अध्यक्ष इन्द्र वहादुर गुरुङ, खानेपानी महासंघका केन्द्रीय सदस्य थान प्रसाद गैरे लागाएतको विशेष आतिथ्यता रहेको थियो । विद्यालयका प्रचार्य प्रेम वहादुर खड्का द्धारा विद्यालयको पतिवेदन प्रस्तुत भएको थियो भने प्रमुख अतिथि मन्त्री चौधरीले नवनिर्मित ६ कोठे एक तले भवनको उद्घाटन गर्नुभएको थियो । विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक साथै विद्यार्थीहरुको वाक्लो उपस्थीति रहेको कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रचार्य खड्काले जानकारि दिनुभयो ।