About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
आर्थीक समृद्ध विना देश समृद्ध वन्न नसक्ने भएकाले आर्थीक समृद्धिका लागी नागरीकमा सोच परिवर्तनसंगै सपना आवश्यक

Darpanpost बिहिबार, फाल्गुण १०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

घोराही १० फाल्गुन  । 

आर्थीक समृद्ध विना देश समृद्ध वन्न नसक्ने भएकाले आर्थीक समृद्धिका लागी नागरीकमा सोच परिवर्तनसंगै सपना आवश्यक दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को आठौ दिन आर्थीक विकासमा नागरीकको भूमिका विषयक विचार गोष्ठी आज महोत्सव स्थल मा सम्पन्न भएको छ । दाङ जिल्ला उद्योग वाणीज्यसंघका अध्यक्ष एवं महोत्सव मुलआयोजक समीतीका संयोजक नारायाण प्रसाद भुसालको अध्यक्षता एवं प्रेस काउन्सलिका पुर्व अध्यक्ष नारायाण प्रसाद शर्माले हरेक नागरीक आफै मालीक भएको वताउदै आपुमा भएको सक्ती र स्रोतको परिचालन गर्न सके आर्थीक समृद्ध टाढा नरहेको वताउनु भयो ।

विषय विज्ञका रुपमा वोल्दै सामाजिक विज्ञ विश्व वनमहासंघका पुर्व अधयक्ष एवं तुल्सीपुर उपमहानगरपालीकाका प्रमुख घनश्याम पाण्डेले आर्थीक समृद्ध विना देश समृद्ध वन्न नसक्ने भएकाले आर्थीक समृद्धिका लागी नागरीकमा सोच परिवर्तनसंगै सपना आवश्यक रहेको वताउनुभएको छ। विषय विज्ञका रुपमा आउनु भएका पाण्डेले नागरीकमा परम्परागत सोच ,परम्परागत कृर्षि प्रणाली र आनीवानी मा परिवर्तन नभएसम्म मुलुक समृद्ध वन्न नसक्ने वताउदै मानसीक सोचमा वदलाव जरुरी रहेको वताउनु भयो। कीसान हरु आफुले आफुले उत्पादन गरेको वस्तुको मालीक आफै वन्न नसक्नु हाम्रो विढम्वना भएको वताउदै कीसान आफनो उत्पादनको मालीक वन्न सक्ने वातावरण श्रृजना गर्नु आवश्यक रहेको वताउनु भयो ।

कार्यक्रममा वोल्दै सामाजिक विज्ञ पाण्डेले राजनीतीक लडाइका लागी विगतमा भएका मोर्चावन्दीहरु अव अव आर्थीक विकासतीर लाग्नु आवश्यक रहेको वताउनु भयो ।पाण्डेले उद्यमशीलताका लागी जागरण पैदा गर्दे लाखौ मानीसलाइ उद्यमशीलतासंग जोडन सके मुलुकलाइ आर्थीक रुपले समृद्ध वनाउन सकीने वताउनु भयो । यसैगरी ने कपा माओवादीकेन्द« दाङका सहइनचार्ज निर्मल आचार्यले मुलुक संघियतामा गएसंगै अव नागरीक विकास माग्ने टाउमा नभइ विकास गर्ने टाउमा रहेकाले आफनो भुमीकाको खोजी गर्दे आथीकर्् समृद्धिको वाटोमा नागरीकहरु लागन्ुपर्ने अहीलेको आवश्यक्ता रहेको वताउनु भयो आचार्यले नागरीकहरु विकासका हिमायती भएको वताउदैनागरीकहरुमा गुनासो गर्ने ठाउ नरहेको वताउदै देशमा अझै पनी शासन गर्ने व्यक्ती र नेतृत्व ग र्ने पङतीमा कमजोरी देखीएको वताउनु भयो । यसैगरी नागरीक समाज दाङका संयोजक चन्द« राज पन्तले आर्थीक समृद्धि विना मुलुक समृद्ध वन्न नसक्ने भन्दै मुलुकमा कृर्षि, पर्यटन, उद्योग, लघुउद्यम व्यापार, र उत्पादनको प्रवद्र्धन तथा उचति वजारीकरण गर्न सके मुलुकलाइ समृद्ध वनाउन सकीनेमा जोड दिनुभयो ।

कार्यक्रममा कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले  , राजनैतीक परिवर्तन संगै अव देश संघियताको नयाँ मोडेलमा प्रवेश गरेको वताउदै अव मुलुकले आर्थीक समृद्धि खोजी रहेको वताउनु भयो । कार्यक्रममा वोल्दै दाङ उद्योग वाणीज्यसंघका अध्यक्ष एवं महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले दाङ अहीले विस्तारै हरेक उत्पादनमा आत्मनिभर भएको वताउदै दाङअव आर्थीक समृद्धीको जिल्ला वन्ने वताउनु भयो । दाङ एशीयाकै ठुलो उपत्यका रहेको वताउदै संयोजक भुसालले दाङ पानी सिमेन्ट, जुश इटा अल्लो व्यवसाय, कुखुरा अन्डा दाना लगाएतका उत्पालनमा आत्मनिभर रहेको वताउदै अव उद्योग व्यापार , लघुउद्यम , तरकारी , कृर्षि उत्पादनमा समेत आत्मनिभर जिल्लाको रुपमा अगाडी वढेको वताउनु भयो कार्यक्रममा साहीत्यीक उपसमीतीका संयोजक माया कुमारी पोख्रलले स्वागत मनतव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरणसाहीत्यकार पदम प्रसाद शर्मा र साहीतयीक उपसमीतीका सदस्य सचीव शरद अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com