फागुन ९।
सुनवल । बिशासय सामुदायिक वन उपभोत्ता समुह सुनवल ६ नवलपरासीको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभामा सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष रुक वहादुर गुरुङको अध्यक्षता , सामुदायिक वन उपभोत्ता महासंघ केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता साथै जिल्ला वन कार्यलय साहायक अधिकृत भरत भण्डारी ,नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नम्वर ५ का उपाध्क्ष उमानाथ पोखरेल, सुनवल नगरपालिकाका उपमेयर ददिराम अर्याल, खानेपानी महासंघका केन्द्रीय सदस्य थान प्रसाद गैरे लगाएतको विशेष आतिथ्यता रहेको थियो । बिशासय सामुदायिक वन उपभोत्ता समुहकी कार्यसमिति सदस्य मुना कफ्लेको स्वागत मनतब्य रहेको कार्यक्रममा अध्यक्षको प्रतिवेदन बिशासय सामुदायिक वन उपभोत्ता समुहका उपध्यक्ष जिवन पौडेल, आर्थिक प्रगति प्रतिवेदन समुहका सहसचिव गंगा घिमिरे र कार्यक्रम संचालन समुहका सचिव दिलिप चापागाईले गर्नुभएको थियो । विं सं २०५४ साल श्रावण २५ गते गठन भएको बिशासय सामुदायिक वन उपभोत्ता समुह वि.स. २०६० साल कार्तिक ११ गते सामुदायिक वन उपभोत्ता महासंघ नेपाल मा आवद्धता भएको थियो ।