About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
शिवलय बहुमुखी क्याम्पसको ७ औ बार्षिक उत्सव शुरु दोस्रो दिन विविध प्रतियोगिता सम्पन्न

Darpanpost मंगलबार, फाल्गुण ०८, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 

दिपेश विश्वकर्मा, पर्वत फागुन ८ ।
पर्वतको कुश्मा नगरपालिका कुश्मा बजारमा रहेको शिवलय बहुमुखी क्याम्पसले आफ्नो ७ औ वार्षिक उत्सव सोमबार देखी विविध कार्यक्रम सगै मनाउन सुरु गरेको छ । विस २०६७ सालमा स्थापना भएको क्याम्पसले प्रत्येक बर्ष विविध कार्यक्रमको आयोजना गरि आफ्नो बार्षिक उत्सव मनाउदै आइरहेको क्याम्सका अध्यक्ष गोविन्द पहाडीले बताउनु भयो । आगमी ११ गते हुने बार्षिक उत्सवलाई लक्षित गरि क्याम्पसले विविध प्रतियोगिताको आयोजना गरेको छ । जस अन्र्तगत दोसा्रे दिन मंगलबार म्युजिकल चियर प्रतियोगिता र कबडी प्रतियोगिता सम्पन्न भएका छन । म्युजिकल चियर प्रतियोगितमा जानकी गिरी प्रथम, राधा नेपाली द्धितिय र नम्रता सुवेदी तृतिय भएका छन । त्यस्तै कबडी प्रतियोगितामा छात्र तर्फ ज्ञान कुवरको समुह प्रथम र छात्रा तर्फ सुस्मिता नेपालीको समुह प्रथम नविन अधिकारीको समुह द्धितिय र जयन्ती पौडेलको समुह तृतिय भएका छन । प्रतियोगिताको संयोजन प्राध्यपक कमल भुषाल र लेखनाथ उपाध्यले गर्नुभएको थियो । आगमी फागुन ११ गते औपचारिक रुपमा हुने बार्षिक उत्सव तथा चौथो साधारणमा क्याम्पसको तर्फबाट विविध सास्कृतिक कार्यक्रम, पुरुस्कार वितरण र अभिभावक भेला हुने क्याम्पस प्रमुख कमलनाथ शर्माले बताउनु भयो । साथै आगमी ११ गते हुने आफ्नो बार्षिक उत्सव एवं चौथो साधारण सभा सभ्य र भव्य रुपमा सफल पार्नका लागि सबेले आ–आफ्नो ठाउँबाट सहयोग गर्न क्याम्पस परिवारले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com