दिपेश विश्वकर्मा पर्वत,
विस २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औ राष्ट्रिय प्रजातन्त्र दिवस मानाइएको छ । सोही अवसरमा पर्वतको महाशिला गाउंपालिकाले भने प्रजातन्त्र र प्रजातन्त्रको महत्व विषयक निबन्ध लेखन प्रतियोगिता आयोजना गरि दिवस मनाएको हो । प्रतियोगितामा बालारानि माबि बालकोटकी दिपा क्षेत्री प्रथम,लक्ष्मी मल्ल द्धितिय, महेन्द्र ज्याति माबि लुङखुका कुशल शर्मा ,जनविकास माबि पाखापानीका भानभक्त लम्साल तृतिय, र विश्व ज्योति माबि पाखापानीकी भावना शर्मा सान्त्वना भएका छन । विजयी हुने छात्र छात्रालाई गाउँपालिकाकी उपाध्यक्ष हिरा रानाले पुरुस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा महेन्द्र ज्याति लुङखुका स्रोत व्याक्ति चेत प्रसाद लामिछाने, गाउँपालिका वडा न ५ का वडा अध्यक्ष जिवन उच्चै ठकुरीको विशेष उपस्थिति रहेको थियो ।