About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सिल गरिएकाे काटा प्रशासनकाे मिलामताेमा सन्चालनमा अाएकाे भन्दै उखु उत्पादक कृषक समितिकाे बिराेध

Darpanpost शनिबार, फाल्गुण ०५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

फागुन ५ बेलाटारी ।

नवलपरासी जिल्लामा रहेका उखु किसानहरुकाे भेला अाज बेलाटारीमा सम्पन्न भएकाे छ।किसानहरुकाे भेलाबाट विभिन्न निर्णय गरेकाे छ। उखु ताैलमा घटताैलि गरि ठगि गर्ने मिल सन्चालक र बिचाैलियाकाे रुपमा रहेकालाई तत्काल ठगि मुद्दा अन्तर्गत कार्वाहीका लागि पुनराबेदन अदालत बुटवलमा अपिल गर्ने ,भुक्तानी का लागि जिल्ला प्रमुख अधिकारी समक्ष ज्ञापन पत्र बुझाउने र नया समिति काे नया सदस्यता अभियान सन्चालन गरिने जस्ता निर्णय भएकाे उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयाे। मिति२०७४/१०/२५ गते जिल्ला स्तरिय अनुगमन टाेलीले अनुगमन गर्दा घटताैली प्रमाणित भई सिज गरिएका विभिन्न काटाहरुमा कम ताैल अनुसारकाे दाेब्बर क्षतिपूर्ति पाउनु पर्ने समेत माग गरेकाे छ।अाज बेलाटारीमा भएकाे किसान भेलाले यस्ताे निर्णय गरिईएकाे हाे। ईन्दिरा सुगर मिल गगापुर काे २ वटा काटा र भुजहवामा १ वटा निजि रुपमा सन्चालनहुँदै अाएकाे काटा अनुगमन समितिले सिज गरेकाे थियाे ।बिभिन्न रानैतिक दबाब , नापताैल बिभाग तथा प्रशासनकाे मिलाेमताे मा सिज गरिएका काटाहरु अार्थिक चलखेल गरि बिना कुनै क्षतिपुर्ती र ठाेस कार्वाही बेगर नै पुन:सन्चालन गरिएकाे प्रति घाेर बिराेध गरेकाे समितिले जनाएकाे छ न्यायिक प्रक्रिया बाट अगाडि बढने समेत चेतवानी उखु उत्पादक कृषक समिति नवलपरासी का अध्यक्ष उमेशचन्द्र यादव ले जानकारी दिनु भयाे ।केही दिन अगाडि काठमाण्डाैमा उखु उत्पादक कृषक समिति र मिल सन्चालकहरु बिच रु ५३१. २० प्रति क्विन्टलकाे दर उखु खसालेकाे ७ दिनमा पेश्कि रुपमा किसानहरुलाई उपलब्ध गराउने र पछि नेपाल सरकार ताेकेकाे मुल्यकाे अाधारमा बाकि रकम डिफरकाे रुपमा दिने सहमति भयकाेले तत्काल पेश्कि उपलब्ध गराउनुपर्ने समेत माग गरिएकाे थियाे।साथै यश समिति ले मिति २०७४/११/१ गते सदस्यता अभियान सन्चालन गरिएकाे र चैत मशान्त सम्म अधिबेशन गरि नया समिति गठन गरिने समेत बताईएकाे छ।नवलपरासीमा उखु उत्पादक घटदै गईरहेकाे उखुकाे बिकल्प केराखेतीतर्फ किसानहरु अाकर्षिक भएका छन

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com