About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
प्रदेश ५ का महिला जन प्रतिनिधिहरुलाइ दाङमा स्वगत सम्मान

Darpanpost शुक्रबार, फाल्गुण ०४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दाङ ४ फाल्गुन ।  

संचा।िरका समुह र क्रियाशिल पत्रकार महिला को संम्यूतm आयोजनामा प्रदेश ५ का महिला जन प्रतिनिधिहरुलाइ दाङमा स्वगत सम्मान गरेको छ । संचारिका समुह दाङकी अध्यक्ष नारायनि रजौरेको अध्यक्षता एबं क्रियाशिल पत्रकार महिला की प्रदेश ५ कि संयोजक लिला शाहाको प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा उपस्थित प्रदेश ५ का १२ जिल्लाका महिला जनप्रतिनिधिहरुले प्राप्त उपलब्धि र संबिधानले प्रद्धत गरेको अधिकार कार्यन्वयन निश्पक्ष न्याय सम्पादनमा आफुहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताएका छन । न्यायिक सम्पादनमा कार्यबिधि बनिनसक्दा आफुहरुलाइ न्याय सम्पादनमा अप्ठेरो परेको जनप्रतिनीधि महिलाहरुले बताएका छन । सहभागी जनप्रतिनिधि महिलाहरुले न्याय सम्पादनका लागी स्पस्ट कार्यबिधि छिटो निर्माण गरि कार्य सम्पादनमा सहजता ल्याउन सम्बन्धित निकायको ध्यानकर्षण गराएका छन ।

कार्यक्रममा बोल्दै तुलसिपुर उपमाहानगरपालिकाकि माया आचार्यले नेपालको सम्बिधानले महिलाहरुलाइ अधिकार सहितको राजनैतिक नेतृत्वगर्ने अवसर प्राप्त गरेको बताउदै यो अवसरलाइ आफुहरुले भरपुर उपयोग गर्ने बताउनु भयो । यसैगरि उपमेयर आचार्यले पत्रकारहरुले महिलाहरुले गरेको सम्मानले आफुहरलाइ थप जिम्मेवारी बोध गराएको बताउनु भयो । घोराहि उपमाहानगरपालिकाकि उपमेयर सिता न्यौपानेले सम्बिधानले महिलाहरुलाइ अधिकार दिएपनि कार्यान्वयन तहमा थुपै्र चुनौतिहरु रहेको बताउनु भयो । उपमेयर न्यौपानेले अझैपनि महिला र पुरुष बिच को असमानता बिद्धमान रहेको बताउदै यो असमानतालाइ चिर्न जरुरी रहेको बताउनु भयो । स्थानिय तहमा प्रमुख र उपप्रमुखको अधिकारको बाडफाड स्पस्ट रुपमा नतोकेकाले कार्य सम्पादनमा थुप्रै चुनौतिहरु रहेको बताउनु भयो । अबको ५ बर्षमा नेतृत्व तहमा महिलाहरु आउनका लागी महिलाहरुमा आन्तरिक रुपान्तरणको खाचो रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उपमाहानगरपालीकाकी उपमेयर उमा थापाले स्थानिय तहमा सम्बिधानले उपप्रमुखहरलाइ बढि जिम्मेवारी दिए पनि प्रमुख र उपप्रमुख बिच सहकार्य हुन नसक्दा कार्य सम्पादन मा निकै चुनौति रहेको बताउनु भायो न्यायिक समीतिको ऐननियम कानुन नआउदा कार्य सम्पादन मा समेत अप्ठेरो परेको बताउनु भयो अहिलेको संक्रमणकालिन अवस्थामा जनप्रतिनिधिहरु एक अर्काको सहयोगी भएर कार्य गर्नुपर्ने बताउनु भयो । स्थानिय तहका उपप्रमुखहरुलाइ न्याय सम्पादन गर्ने जिम्मेवारी बहन गर्न बिभिन्न तालीमहरुको आवस्यक रहेको बताउनु भयो क्रियाशिल पत्रकार महिला कि सल्लाहाकार बसुन्धरा गौतम को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संचारिका समुहकी क्षेत्रिय उपाध्यक्ष सुलोचना गौतमले गर्नुभएको थियो भने क्रियाशिल पत्रकार महिला कि सचिब पार्बति बस्नेतले धन्यबादा दिनुभमएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com