About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नवलपरासीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते

Darpanpost बिहिबार, फाल्गुण ०३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

संजय कुशवाहा

फागुन ०२, नवलपरासी । 

नवलपरासीको झुलनिपुर – त्रिवेणी सडक खण्डको बैदौलीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते भएका छन् । जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं. ५ बैदाैली स्थित मुख्य पश्चिम गण्डक नहरकाे बाटाेमा सांझ करिब सात बजेकाे समयमा सोही दिशाबाट आउदै गरेको साईकलाई एक भारतीय प्लेट नम्बर भएका माेटरसाइकल पछाडि बाट ठाेक्किदा सो दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

झुलनिपु बाट घोडहा जाने क्रममा युपी ५६ एफ २०२२ नम्बरको मोटरसाईकल र सोही दिशाबाट आउदै गरेको साईकल एक आपसमा ठाेक्किएकाे छ।

दुर्घटनामा मोटरसाइकल चालक र साईकल चालक घाईते भएका हुन् । घाईते दुईजना मध्ये गम्भीर अवस्थामा रहेका मोटरसाईमल चालक प्रतापपुर गाउपालिका वडा न.२ घोडहवा वर्ष ३२ का वृजलाल हरिजनको टाउकोमा गम्भीर चोट लागेको छ । हरिजनको अवस्था गम्भीर रहेको छ भने अर्को साईकल चालक सामान्य घाइते भएका सोही गाउपालिका वडा न.५ बौदोलि वर्ष १८ का संजय पासी रहेका हुन्न ।

साईकल चालकलाई नजिकको क्लिनिकमा उपचार भएको छ भने अर्को गम्भीर घाइतेलाई समयमा एम्बुलेन्स आउन नसक्दा बाटोमा छटपटाउदै तडपी रहे गम्भीर घाईतेलाई दुई सय मिटर टाढामा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पौष्ट झुलनिपुरको गाडीमा हरिजनलाई उपचारका लागि चौपत्ता स्थित सहिद स्मृति सामुदायिक अस्पताल उपचारका लागि पठाइयो बसहिया प्रहरी चौकीका ईन्चार्ज रामकाजि गुरूङले बताएका छन ।
मोटरसाइकल र साईकल प्रहरीको नियन्त्रणमा छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com