फागुन २, सुनवल
नेपाल मगर संघ सुनवल नगरसमितिको अयोजनामा सुनवल नगरपलिका वार्ड न १ सुनवल चौराहामा नेपालका प्रथम शाहिद क्याप्टेन लखन थापा मगरको १४१ औ स्मृति दिवस सम्पन्न भएको छ । नेपाल मगर संघ नगर समितिका अध्यक्ष क्याप्टेन मनबहादुर थापा मगरको अध्यक्षता ,सुनवल नगरपलिकाका नगर उपप्रमुख दधिराम अर्यालको प्रमुख अतित्थ्यता, नेपाल मगर बौद्ध सेवा समाज जिल्ला समितिका अध्यक्ष रमेश राना मगर र नेपाल आदीबसी जानजाती महासंघ जिल्ला समितिका अध्यक्ष चित्र बहादुर गुरुंगको बिशिष्ट अतित्थयतामा सँम्पन्न स्मृति दिवसको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समितिका पुर्ब उपाध्यक्ष भिम बहादुर दर्लामि, नेपाल आदीबसी जानजाती महासंघ नगर समितिका अध्यक्ष बलबहादुर थापा मगर, जनमुक्ति पार्टीनगर कमितिका अध्यक्ष यम बहादुर लम्तरी मगर , नगर कार्यपलिका सदस्य शान्ता भण्डरी ,सुनवल खानेपानी उपभोक्ता सरसफाइ सस्थाका अध्यक्ष बिष्णुप्रसाद पौडेल, जनमोर्चा पार्टीका अध्यक्ष टिला बहादुर सुर्यबंशी मगर ,नगर समितिका सल्लाहकार डिक बहादुर सारु मगर ,वडा न ५ का वडा सदस्य हेकबहादुर पुन मगर,वडा न ३ का वडासदस्य रेनु थापा,हेमबहादुर थापा, भुपु सहकारी सस्थाका पुर्ण बहादुर गुरुंग, किर्तिपुर २ टोल बिकास समितिका अध्यक्ष टेक बहादुर थापा, पेश बहादुर सुनार, दान बहादुर थापा मगर ,अम्बिका थापा, लाल बहादुर थापा, तुल बहादुर चितौरे, दमोदर राना ,दिल बहादुर बुढाथोकी, गौमतीथापा लगायातको अतित्थयता रहेको थियो ।समितिका उपाध्यक्ष लाल बहादुर थापा मगरको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन समितिका सचिव ओम प्रकाश पुन मगरले गर्नुभएको थियो ।
कर्यक्रममा बोल्दै प्रमुख अतिथिसुनवल नगरपलिकाका नगर उपप्रमुख दधिराम अर्यालले प्रथम शहिद लखन थापा नेपालकै प्रथम शहिद भएकाले प्रथम शहिदलाइ राज्यले प्रथम शाहिद झै मर्यादामा राख्नुपर्नेमा जोड दिदै त्यसप्रतिआफुले गर्न सक्ने पहल सरकारप्रति गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । साथै अगामि दिनमा शहिदहरुलाइ सम्मान हुनेगरी सुनवल नगरपलिकाभित्र मगर समुदाय र सम्पुर्णआदीबसी ,जनजातीका निम्ती प्रतिष्ठान तथा इतिहास पढन सक्ने गरी ठाउको अवश्यकता भएको पनि बतउनुभएको छ ।
यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथि नेपाल मगर बौद्ध सेवा समाज जिल्ला समितिका अध्यक्ष रमेश रानामगरले सुनवलमा प्रथम शहिदलखन थापाको शालिक खडा गर्नुपर्ने ,शाहिदहरुले देखाएको बाटोमा हिडनुपर्नेमा अग्रह गर्नुुभएको छ ।
कार्यक्रममा नेपाल मगर बौद्ध सेवा समाज जिल्ला समितिका अध्यक्ष रमेश रानामगर ,नेपाल आदीबासी जनजाती महासंघका जिल्ला समिति उपाध्यक्ष चित्र बहादुर गुरुंग , नेपाल आदीबसी जानजाती महासंघ नगर समितिका अध्यक्ष बलबहादुर थापा मगर, जनमुक्ति पार्टीनगर कमितिका अध्यक्ष यम बहादुर लम्टरी मगर, वडा न ३ का वडासदस्य रेनु थापा, नेपाल मगर संघ नगर समितिका सल्लाहकार डिकबहादुर सारु लगायातले प्रथम शाहिद क्याप्टेन लखन थापा मगरको योगदानको बारेमा बोलेका थिए।