About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
तिनसय बर्ष पुरानो मन्दिरमा पुजा आजा गरि महाशिवरात्री मनाइयो ।

Darpanpost मंगलबार, फाल्गुण ०१, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दिपेश विश्वकर्मा, पर्वत
कुश्मा नगरपालीका बडा न १ पाङ नुवार गुफामा विस १७७८ मा स्थापना भएको नर्मदेश्वर शिव मन्दिरमा महाशिवरात्रीको अवसरमा सप्त रुद्री सहित भगवान शिवको पुजा आजा गरी दिप प्रज्वलन गरिएको छ । शिवरात्रीको अवसरमा स्थानिय भतmजनहरुको उल्लेख्य मात्रमा उपस्थिति रहेको थियो । करिब तिनसय बर्ष पुरानो यस शिव मन्दिरमा टाढा टाढा बाट परापुर्वकाल देखी नै पुजा आजा गर्न आउने चलन रहेको स्थानिय भिम प्रसाद अर्यालले बताउनु भयो । साथै सोही अवसरमा विज्ञान बम मल्लको अध्यक्षतामा १५ सदस्यी मन्दिर व्यवस्थापन समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा हरि प्रसाद सुवदी, कोषाध्यक्षमा शर्मिला मल्ल, सचिवमा बल बहादुर आर्यल रहनुभएको छ । मन्दिर संरक्षणसदस्यमा राम कुमार श्रेष्ठ र विष्णु बम मल्ल रहनु भएको छ । त्यस्तै सल्लाहाकारमा पर्वत क्षेत्र न १ प्रदेश सभा सदस्य नेत्रनाथ अधिकारी, कुनपा १ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भुषाल ,अर्जुन श्रेष्ठ, त्रिलोचन अर्याल र गोविन्द बहादुर अर्याल रहनुभएको छ । मन्दिरमा आउने भतmहरुले सजिलै सगं मन्दिरको दर्शन गर्न पाउन भन्ने हेतुले मन्दिरमा पुजा व्यवस्थापनका लागि गणेश बहादुर मल्लले १ लाख ११ हजार १ सय ११ र कर्ण बहादुर मल्लले १० हजार १ सय सहयोग गर्नुभएको स्थानिय भिम प्रसाद अर्यालले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com