About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
मिल सन्चालक र बिचाैलियाहरुलाई कार्वाहि गर्न उखु उत्पादक कृषक समितिकाे माग

Darpanpost सोमबार, माघ २९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

माघ २८ बेलाटारी । नवलपरासी जिल्लामा उखु किसानहरुकाे उखु ताैलमा घटताैलि गरि ठगि गर्ने मिल सन्चालक र बिचाैलियाकाे रुपमा रहेकालाई तत्काल ठगि मुद्दा अन्तर्गत कार्वाही गर्न उखु उत्पादक कृषक समिति नवलपरासी ले जिल्ला प्रशासनसग माग गरेकाे छ।मिति२०७४/१०/२५ गते जिल्ला स्तरिय अनुगमन टाेलीले अनुगमन गर्दा घटताैली प्रमाणित भई सिज गरिएका विभिन्न काटाहरुमा कम ताैल अनुसारकाे दाेब्बर क्षतिपूर्ति पाउनु पर्ने समेत माग गरेकाे छ।

अः

अाज बेलाटारीमा पत्रकार सम्मेलन गरि यस्ताे मागबारे जानकारी गराईएकाे हाे। ईन्दिरा सुगर मिल गगापुर काे २ वटा काटा र भुजहवामा १ वटा निजि रुपमा सन्चालनहुँदै अाएकाे काटा अनुगमन समितिले सिज गरेकाे हाे ।बिभिन्न रानैतिक दबाबमा सिज गरिएका काटाहरु गुणस्तथा नापतौल कार्यालयकाे मिलाेमताे एव अार्थिक चलखेल गरि बिना कुनै क्षतिपुर्ती र ठाेस कार्वाही बेगर नै पुन:सन्चालन गरिए न्यायिक प्रक्रिया बाट अगाडि बढने समेत चेतवानी उखु उत्पादक कृषक समिति नवलपरासी का अध्यक्ष उमेशचन्द्र यादव ले जानकारी दिनु भयाे ।केही दिन अगाडि काठमाण्डाैमा उखु उत्पादक कृषक समिति र मिल सन्चालकहरु बिच रु ५३१. २० प्रति क्विन्टलकाे दर उखु खसालेकाे १५ दिनमा पेश्कि रुपमा किसानहरुलाई उपलब्ध गराउने र पछि नेपाल सरकार ताेकेकाे मुल्यकाे अाधारमा बाकि रकम डिफरकाे रुपमा दिने सहमति भयकाेले तत्काल पेश्कि उपलब्ध गराउनुपर्ने समेत माग गरिएकाे थियाे।साथै यश समिति ले मिति २०७४/११/१ गते सदस्यता अभियान सन्चालन गरि चैत मशान्त सम्म अधिबेशन गरि नया समिति गठन गरिने समेत बताईएकाे छ।नवलपरासीमा उखु उत्पादक घटदै गईरहेकाे उखुकाे बिकल्प केराखेतीतर्फ किसानहरु अाकर्षित भएका छन ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com