About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
दाङ महोत्सवको सिसि क्यामेराले निगरानी राख्ने

Darpanpost आइतबार, माघ २८, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

माघ २८ । दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को निगरानी का लागी महोत्सव परिसरमा ९ वटा सि सी क्यामरा जडान गरीने महोत्सव मुल आयोजक समीतीले जनाएको छ। महोत्सव मुलआयोजक समीतीका संयोजक एवं दाङ उद्योग वाणीज्यसंघका अध्यक्ष नारायण प्रसाद भु्सालले महोत्सव स्थलमा ९ वटा सीसी क्यामरा जडान गरी महोत्सवका हरेक गतीविधीलाइ सचिवालयमै वसरे निगरानी गर्ने वताउनु भयो । महोत्सव स्थललाइ सुरक्षीत र व्यवस्थीत वनाउन पनी यस कीसीमको प्रविधीले सहयोग पुर्याउने वताउनु भयो विगतका महोत्सवहरुमा वाहीर वाट आएका व्यापारीक स्टलहरुमार्फत उपभोक्ताहरुलाइ कमसल र गुणस्तर सामान दिने गरेको गुनासो आउने गरेको प्रती यसपटक आयोजक समीती सजक रहेको वताउदै संयोजक भुसालले त्यस्ता गुणस्तरहिन सामाग्रीहरु विक्री वितरणका लागी नराखीने पनी वताउनु भयो ।

दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४व्यापारीक र आर्थीक संकलन गर्ने नभइ स्थानीय उत्पादन र लघु उद्यमको प्रवद्र्धन तथा विकासका लागी भएको वताउदै आ आफनो क्षेत्रमा उत्पादन भएका कुर्षी सामाग्री, लघु उद्यमका सामाग्रीहरु महोत्सव स्थलमा राख्न पनी उहाले आग्रह गर्नुभएको छ। यसैविच शोभायात्रा उपसमीतीले आज टोलविकास संस्थाका अध्यक्षहरुसंग छलफल गरेको छ महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालको अध्यक्षतामा वसेको वैठकमा सहभागीहरुले रयालीमा उत्साहजनक सहभागीता जनाउने प्रतीवद्धता व्यक्त गरेका छन । त्यसअवसरमा वोल्दै आयोजक मुलसमीतीका संयोजक भुसालले दाङको विकास र हरेक गतीविधीमा टोलविकास संस्थाहरुको महत्वपुर्ण सहभागीता र महत्वपुर्ण भुमीका निवार्ह गरेको वताउदै महोत्सवलाय भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्न टोलवासीलाइ आग्रह गर्नुभयो ।

महोत्सवको उद्यघाटन गरिने फाल्गुन ३ गते उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४ भव्य रुपमा सफल पारौ भन्ने नारा लेखीएको व्यानर ,र विभीन्न झाँकी सहीत सवै टोलविकास संस्थाहरु विहान साढे १० वजे घोराही ट्राफीक चोकमा जम्मा भैसक्न शोभायात्रा व्यवस्थापन उपसमीतीका संयोजक धनपती शर्माले टोलविकासहरुलाइ आग्रह गर्नुभएको छ। साथै उत्कृष्ट झाकीलाइ पुरस्कृत र सम्मान गर्ने पनी आयोजकले जनाएका छन । महोत्सव स्थल घोराही उपमहानगरपालीका वर्डा न १५ को कृर्षि सामाग्री संस्थानको मैदान रहेको छ। महोत्सव आउन अव तीन दिन मात्र वाकी छ, फाल्गुन ३ गतेदेखी घोराहीमा आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को उपराष्ट्रपती नन्द वहादुर पुनले उदघाटन गर्नुहुनेछ। ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com