टंक सुनार
माघ २७ । एमाले नेता छबिलाल बिश्वकर्माले जनताको ताजा जनादेश अनुसार सरकार निर्माण गरेर नया शिराबाट स्थीरता तर्फ भुमिका निर्वाहा गर्नु पर्ने बताउनु भएको छ । रुपन्देहीको देवदहमा शनिबार रेडियो देवदहको तेस्रो अधिवेशन तथा साधारण सभा कार्यक्रमलाईसम्बोधन गर्दै उहाले संघियता गणतन्त्र र लोकतन्त्रको भावनालाई आत्मसाथ गरेर त्यसलाई ब्यवहारमा उतार्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । सिंह दरबारको अधिकार गाउँ गाउँमा पुगेको उल्लेख गर्दै रुपन्देही क्षेत्र नम्बर १ का सांसद समेत रहनु भएका नेता बिश्वकर्माले त्यसको अनुभुत हुन थालेको बताउनु भयो । अहिले सबै भन्दा वढी भार वडामा रहेको उल्लेख गर्दै उहाले नगरपालिका, प्रदेश र केन्द्रमा क्रमश भार कम हुँदै गएको बताउनु भयो ।