About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
वाइज भिजनलाई भलिबलको उपाधी

Darpanpost शनिबार, माघ २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

माधव अधिकारी 
माघ २७ । नेसको भलिबल प्रतियोगीताको उपाधी महिला तर्फ वाइज भिजन स्कुल र पुरुष तर्फ गोल्डेन फ्यूचर स्कुलले जित्न सफल भएको छ । नवलपुरका संस्थागत विद्यालयहरुको छाता संस्था नेस को आयोजनामा संस्थागत विद्यालयहरुका बिचमा भलिबल प्रतियोगिता हिजोबाट सुरुभएको थियो । सेन्ट जोसेफ मा.वि. कावासोती नवलपुरको २४ औ बाषीकोत्सवको सन्दर्भ पारेर आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो । जसमा महिला शिक्षक तर्फ वाइज भिजन प्रथम, गोल्डेन फ्युचर द्धितिय र सुर्योदय विद्या मन्दिर तृतीय हुन सफल भएको छ । भने पुरुष शिक्षकतर्फ गोल्डेन फ्युचर प्रथम, इभर ग्रीन द्धितिय र गैँडाको नमुना साइन्स कलेज तृतीय हुन सफल भएका छन् । कार्यक्रममा प्रथम , द्धितिय र तृतीय हुन सफल शिक्षक खेलाडीहरुलाइ मेडल प्रदान गरिएको छ भने शिल सेन्ट जोसेफ मा.वि. को फागुन ३ गते परेको बार्षिकोत्सवका दिन प्रदान गरिने आयोजकले बताएको छ ।

आजको समापन समारोहमा नेसका अध्यक्ष सन्त बहादुर क्षेत्रीको अध्यक्षता तथा जील्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्याबसनका केन्द्रीय सदस्य दिपकराज लम्साल को विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी विशेष अतिथिमा नेसका प्रमुख सल्लाहकार भरतमणि गौतम , प्याबसनका पूर्व केन्द्रीय सदस्य तथा नेसका सल्लाहाकार गोपेन्द्र केसरी न्यौपाने को विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जील्ला खेलकुद संघका उपाध्यक्ष हरी पौडेल, कावासोती नगर खेलकुद विकास समितिका अध्यक्ष इन्द्र सिग्देल, नेसका उपाध्यक्ष रामचन्द्र भुषाल, कोषाध्यक्ष नारायण थापा, लगायतको आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com