About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
गुल्मीको मुसिकोट नगरपालिका आपचौरको खरबाङमा लागेको डढेलो एक दिनपछि नियन्त्रणमा,

Darpanpost शनिबार, माघ २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी, माघ २६।
गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौरको जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।
कुर्घाको मालिका बाट तिम्ले खर्क हुँदै फैलिएको आगो झण्डै १५ किलोमिटर निजी खरबारी हुँदै जंगलबाट आपचौरको खरवाङ जंगल सम्म पुगेको थियो ।
डढेलो स्थानीय वासिन्दा, नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि जोखिम अवस्थामा रहेका बस्तीमा समस्या नरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।
बिहीबार दिउँसो बाट लागेको आगो आँपचौरको बस्ती नजिकै पुगेसँगै स्थानीय निकै त्रसित बनेका थिए ।


स्थानीयले आगो निभाउने प्रयास गरे पनि नसक्दा २५ घरधुरी जोखिमा थिए ।
झण्डै ४ किलोमिटर खरबारी क्षेत्रमा आगो फैलिएपछि निभाउन जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको थियो ‘बस्ती नजिकैको आगो पुरै नियन्त्रणमा आएको छ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने ‘अन्य स्थानमा रहेको आगो पूर्ण रुपमा नियन्त्रणमा लिन सुरक्षाकर्मी आगलागी स्थलमै खटिएका छन् ।’
आगो नियन्त्रणमा लिन मुसीकोट नगरपालिका नगर प्रमुख सोमनाथ सापकोटा सहितको टोली पनि खटिएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com