About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
भलिबल प्रतियोगीता सुरु

Darpanpost शुक्रबार, माघ २६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

माधव अधिकारी 

माघ २६ । सेन्ट जोसेफ मा.वि. कावासोती नवलपुरको २४ औ बाषीकोत्सवको सन्दर्भ पारेर नवलपुरका संस्थागत विद्यालयहरुको छाता संस्था नेस को आयोजनामा संस्थागत विद्यालयहरुका बिचमा भलिबल प्रतियोगिता आजबाट सुरुभएको छ । आज भएको उदघाटन खेलमा पुरुष तर्फ इभरग्रीन एकेडेमी गैडाकोट, महिलातर्फ सुर्योदय विद्या मन्दिर र वाइज भिजन इङ्गलिस स्कुल र गैडाकोट नमुना साइन्स कलेज विजयी भएका छन् । प्रतियोगीतामा १३ ओटा टिम दर्ता भएका छन् । प्रतियोगिताको फाइनल भोली हुने आयोजकले जनाएको छ ।


यसअघि प्रतियोगिताको उदघाटन कार्यक्रम नेसका अध्यक्ष सन्त बहादुर क्षेत्रीको अध्यक्षता तथा जील्लला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्याबसनका केन्द्रीय सदस्य दिपकराज लम्साल को विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी विशेष अतिथिमा नेसका प्रमुख सल्लाहकार भरतमणि गौतम , प्याबसनका पूर्व केन्द्रीय सदस्य तथा नेसका सल्लाहाकार गोपेन्द्र केसरी न्यौपाने को विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जील्ला भलिबल संघका सचिव निराजन महत्तो, कावासोती नगर खेलकुद विकास समितिका अध्यक्ष इन्द्र सिग्देल, नेसका उपाध्यक्ष रामचन्द्र भुषाल, कोषध्यक्ष नारायण थापा, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि के.सी. ले खेलाडी भनेका देशका गहना हुन् भन्दै यसरी आयोजना गरीने प्रतियोगीताले खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य नेसका अतिरिक्त कृयाकलाप संयोजक सोमनाथ भटटराइको रहेको थियो भने कार्यक्रम सञ्चालन माधव अधिकारीले गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com