About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
श्रमिक संघ को अध्यक्षमा न्यौपाने सर्वसम्मत

Darpanpost बिहिबार, माघ २५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 माधव अधिकारी

माघ २५  । नेपाल कारखाना श्रमिक संघ चौधरी ग्रुप औधोगिक पार्क दुम्कौलीको अध्यक्षमा श्याम न्यौपाने सर्वसम्मत रुपमा चयन हुनुभएको छ । नेपाल ट्रेड युनीयन कांग्रेस सँग आवद्ध संघको नवौँ अधिवेशनले श्याम न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण शर्मा, सचिवमा कृष्ण प्रसाद रेग्मी(प्रकाश), सहसचिवमा नवल महत्तो र कोषाध्यक्षमा लेख बहादुर सिंजाली चयन हुनुभएको छ ।
यसैबिच नेपाल कारखाना श्रमिक संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम समेत बिहिबार सम्पन्न भएको छ । निर्वाचन अधिकृत प्रदिपराज घिमिरेले एक समारोहका बिच नव निर्वाचित पदाधिकारीहरुलाइ पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण कार्यक्रममा नेपाल कारखाना श्रमिक संघका जिल्ला अध्यक्ष शम्भु लम्साल, ट्रेड युनियन नवलपुरका कार्यवाहक अध्यक्ष गंगाधर सुवेदी, निवर्तमान अध्यक्ष गणेश आचार्य लगायतले नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्नभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com