About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
अनलाईन राष्ट्रिय खुल्ला गजल प्रतियोगिता हुने

Darpanpost बिहिबार, माघ २५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दिपेश विश्वकर्मा

माघ २५ पर्वत । नेपाली भाषा, साहित्य र गजलको जगेर्ना गर्ने उद्देश्यले साहित्य र कलाको खानी धौलागिरीको वाग्लुङ्मा खुल्ला गजल प्रतिययोगिता हुने भएको छ । धौलागिरी कला तथा साहित्य मञ्चको आयोजनामा प्रतियोगिता हुने भएको हो ।प्रतियोगितामा प्रथम हुनेले नगद रु ७ सात हजार मेडल र प्रमाणपत्र, द्धितीय हुनेले नगद रु ५ हजार मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद रु ३ हजार मेडल र प्रमाणपत्र त्यस्तै सान्त्वना हुने २ जनाले नगद रु १५ सय मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । प्रतियोगितामा सहभागी हुन इच्छुक व्यात्तिmहरु अन्लाइन वाटै सहभागि हुन सक्ने भएका छन् । सहभागी हरुले यहि माघ २९ गतेभित्र विशुद्ध नेपाली भाषामा लेखिएको गजल धौलागिरी कला तथा साहित्य मञ्चको अफिसियल फेशवुक पेज ाद।अयmरमपकmदबनगिलन मा पठाउन मञ्चले आग्रह गरेको छ । त्यस्तै गजल मुल्याङ्कनका आधारहरु विचार शिल्प शैली व्याकरण र भाषा हुने र आभारभूत सवै मान्यताको पालना गरी रचना गरिएको एउटा पुर्ण गजल मात्र योग्य मानिने आयोजक संस्थाले जनाएको छ ।
देश तथा विदेशमा रहेर पनि नेपाली साहित्य लाई माया गर्ने हरुका

लागि र साहित्यमा भविष्य देख्नेहरुका लागि यो सुनौलो अवसर भएको धौलागिरी कला तथा साहित्य मञ्च वागलुङ्का संस्थापक सल्लाहकार युवा सर्जक, कलाकार निर्मल पौडेल एन। पि। घायलले जानकारी दिएका छन् ।
प्रतियोगितामा सहभागी भइ आफ्नो गजलप्रतिको सद्भाव र लेखन कलालाई अझै उत्कृष्ठ वनाउन यस कार्यक्रमले थप हौसला थप्ने संस्थाका संस्थापक अध्यक्ष युवा साहित्यकार राजीव सङ्घर्शीले वताए ।
यस्तै नेपाली साहित्यमा गजल विधाको जगेर्ना साथै गजल विधामा निरन्तर कलम चलाइरहेका सर्जक,स्रष्टाहरुको मनोवलमा थोरै उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका संयोजक यसै मञ्चका संस्थापक सदस्य युवा गजलकार डोलिन चिन्तितको भनाई छ ।

प्रतियोगिताको नतिजा फागुन १५ गते विषेश कार्यक्रमको आयोजना गरि प्रकाशन गर्ने संस्थाले जनाएको छ ।
पछिल्लो समय धौलागिरीमा कला र साहित्यको जर्गेनाको लागि यस मञ्चले मासिक रुपमा वागलुङग, पर्वत र म्याग्दीमा रचना वाचन डवली कार्यक्रम, धवल वाटिका संयुक्त गजल संग्रह विमोचन , खुल्ला गजल प्रतियोगिता ,खुल्ला कविता प्रतियोगिता ,स्रष्टा तथा सर्जक सम्मान लगायतका विविध कार्यक्रमहरु सञ्चालन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com