About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
२४ औँ बार्षीकोत्सव मनाउदै सेन्ट जोसेफ मा.वि.

Darpanpost बुधबार, माघ २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 २४ माघ, २०७४, माधव अधिकारी । सेन्ट जोसेफ मा.वि., कावासोती, नवलपुरले फागुन ३ गते बार्षीकोत्सव मनाउने भएको छ । २४ औँ बार्षीकोत्सवका लागि आजबाट खेलकुदका कार्यक्रमहरु सुरु भएका छन् । आज कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई खेलकुद कार्यक्रममा सहभागि गराइएको हो । कक्षा १ र २ का विद्यार्थीबिच मिठाइ दौड, चम्चा गुच्चा दौड, कक्षा ३, ४ र ५का विद्यार्थीबिच म्यूजीकल चियर, तातो आलु, १०० मि. दौड र २०० मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । कावासोती ३ , थकाली चोकको राममन्दिर चौरमा खेल खेलाइएको खेल संयोजक शिक्षक श्री बहादुर रानाले जानकारी दिनुभएको छ । त्यस्तै भोली कक्षा ६ देखि ९ सम्मका विद्याथीहरुका बिचमा फुटबल, कबड्डी, २०० मिटर र ४०० मिटर दौड, डोरी तान्ने लगायतका खेलहरु खेलाइने बताइएको छ । बिजेतालाइ फागुन ३ गते बार्षीकोत्सवको दिन पुरस्कृत गरीने प्रबन्ध निर्देशक दिपकराज लम्सालले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com