संजय कुशवाहा/ नवलपरासी, २४ माघ
नवलपरासीको सुस्ता गाउपालिका अन्तर्गत गण्डक नदिमा डुबेर दुई जनाको मृत्युु भएको छ । सुस्ता गाउपालिका वडा न. २ फेनहरा बस्ने बर्ष ५५ छोटई बनीया महलबारीको सामुन्न मदारबाबा मेला जानको लागि गण्डक नदिमा नुहाउदा पानीको बाहावमा परेपछि उनको आफनै छोरा बर्ष १९ का व्रिजेश बनीया आफनो बुवालाई बचाउने क्रममा मृत्यु भएको हो ।
बुवा र छोरा संगई मदारबाबा मेला जानको लागि घरबाट आएका थिए । मृत्यु भएको बुवा र छोराको शव अहिले सम्म फेला परेको छैन ।भने गण्डक नदिको पानी घटावएर शवको खोजी कार्य भैरहेको महलबारी प्रहरी चौकी ईन्चार्ज डम्बर क्षेत्रिले जानकारी दिनुभयो ।