संजय कुशवाहा,
माघ २४, नवलपरासी । मदारबाबा मेला आएका एक भारतीय नागरिकको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारी बाट ९ किलोमिटर पहाडी डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिक स्थल मजारमा पुग्न पहाड चढदै गर्दा लोटर मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको खजुरिया बस्ने ५० बर्षिय भरतचन्द्र पटेल रहेको प्रहरी चौकी महलबारीका इन्चार्ज सई डम्बर क्षेत्रीले बताए । मृतक पटेल पहाड चढदै गर्दा खुट्टा चिप्लिदा लोटर मृत्यु भएको हो । अहिले मदारबाबाको मेला चलिरहेको छ । मेलामा नेपाल भारतबाट लाखांै दर्शकहरु मेला अवलोकन गर्न आउने गरेका छन् ।