About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नवलपरासीको परासीमा औधोगिक व्यापार मेला फागुन १६ सुरु

Darpanpost सोमबार, माघ २२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

२२ माघ , नवलपरासी ।

पश्चिम नवलपरासीको जिल्ला सदरमुकाम परासीमा औद्योगिक व्यापार मेलाको आयोजना गरिएको छ।उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा हुने मेला फागुन १६ देखि २७ गतेसम्म सञ्चालन हुने छ । मेलाबारे जानकारी दिन सोमबार परासीमा आयोजित पत्रकार सम्मेलनमा संघका कार्यबहाक अध्यक्ष ओमप्रकाश अग्रहरीले नवलपरासीमा उत्पादित वस्तुहरुलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा पहिचान गराउनका लागि मेला आयोजना गरिएको जानकारी दिए । मेलाले औद्योगिक करिडोरको रुपमा विकासहुँदै गएको यस क्षेत्रलाई समेत पहिचान गराउने र साना तथा ठूला उद्योग स्थापनामा प्रोत्साहन गर्ने विश्वास लिइएको अग्रहरीले बताए । मेलामा सूचना प्रविधि, कृषि उपज घरेलु हस्तकला, मनोरञ्जन, लघु उद्यम, कृषि प्रदर्शनी, अटोमोबाइल, सांस्कृति पहिचान झल्काउने भेषभूषालगायतको प्रर्दशनी रहने उपाध्यक्ष नगेन्द्र अग्रहरीले बताए । २ सय बढी स्टल रहने मेलामा ७ करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महासचिव गिरीराज पाण्डेले जानकारी दिए । मेलामा ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ। मेलालाई व्यवस्थित गराउन विभिन्न समिति र उपसमितिहरु गठन गरेर कामको जिम्मेवारी दिइएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com