About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला आज बाट शुरु

Darpanpost सोमबार, माघ २२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

संजय कुशवाहा/ नवलपरासी माघ २२,

नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला आज बाट शुरु भएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम )सुस्ता गाऊपालिका वडा नं .२ महलबारीमा अवस्थित मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मानिन्छ ।यसै कारण पनि सयौं वर्ष देखि लाग्दै आएको मदारबाबा धार्मिक स्थलको रूपमा देश विदेशमा परिचित छ ।
यो मेला बदिउदिन जिन्दा शाह बाबाको ६०१ अौ मेला हो ।
मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा करिब एक सय सुरक्षा कर्मी परिचालन गरिएको साथै करिब सय जना स्वयंसेवक ,दुई ठाउँमा स्वास्थ्य शिविर ,बिस वटा सार्वजनिक शौचालय ,नया बाटो निर्माण, लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था ब्यवस्थान गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष निजामुद्दिन अन्सारीले बताउनु भयो।
महलवारी बाजार देखी बाबाको मुख्य मजार सम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँ पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म निकै पुग्ने गर्दछन ।


मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयक्त सहभागिता रहने गर्दछ।
बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत गरिएको छ।
मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउहरूबाट करिब १० लाख भन्दा बढी भक्तजनहरू आउने कुतबुल मदार शाह दरगाह कमेटीले जनाएको छ।
सो मेला स्थानमा हरेक वर्ष शिवरात्रिको नौ दिन अघि देखि मेला लाग्ने गरेको छ ।मेला शिवरात्रिमा सामापन हुने गरेको छ ।यश वर्ष माघ २२ गते देखि संचालन भएको मेला फागुन ०१ गते सकिदै छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com