About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
गुल्मी रिडीका युवाहरु बगरमा तिते करेला फलाउने प्रयासमा

Darpanpost सोमबार, माघ २२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

माघ २२,  गुल्मी ।
कुनै पनि काममा गरेको लागानी खेर गयो भने ‘बालुवामा पानी हाले सरह भयो’ भन्ने नेपाली प्रचलन छ । यसको अर्थ बालुवामा जति पानी हालेपनि जम्दैन भन्ने हो ।
तर, गुल्मी रिडीका युवाहरुले भने रिडीखोला वगरमा तरकारी खेती सुरु गरेका छन् ।
माघे संक्रान्ति मेलाको स्टल बनाउँदा प्रयोग भएका वाँस र जस्ता पाता सदुपयोग गर्ने क्रममा रुरु गाउँपालिका वडा नम्वर–१ रिडी बजारका युवाहरुले तरकारी खेती सुरु गरेका हुन् ।
उनीहरुले ८ रोपनी भन्दा बढि क्षेत्रफल बगर लाई कम्पाउण्डिङ्ग गरेर तिते करेला रोप्न सुरु गरेका छन् ।
१४ जनाले जनही ५ हजार संकलन गरेर विरुवा लगाउने डोबहरु खन्ने आधुनिक मेशिन नै मगाएका छन् ।
साढे तीन महिनामा ८ मेट्रिक टन तिते करेला उत्पादन गरेर वजारमा पुराउने लक्ष्य लिएको करेला रोपेको युवाहरु बताउँछन् ।
मलेशिया बाट गाउँ फर्केर तरकारी खेती सुरु गरेका रिडीका प्रेम भण्डारी, कोरियाको रोजगारी गरेर फर्केका रविलाल पन्थलाई रिडीका यमनारायण भट्टराईले साथ दिएका छन् ।
जोखिम मोलेरै भए पनि वालुवामा कृषि उत्पादनको सन्देश दिन खेती गर्न थालिएको उजिर खान बताउँछन् ।
कुल क्षेत्रफलमा ४२४ वोट करेला रोपेका उनिहरुले एउटै वोटबाट १५ देखि २० किलो सम्म करेला उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
‘करिब ८ टन करेला उत्पादन गरेर साढे तीन महिनामा करिब ५ लाखसम्म आम्दानी लिने सोच राखेका छौं’, खानले भने, ‘हामी त्यसमा सफल भयौं भने आगमी दिनमा अरु क्षेत्रफलमा वृहत तरकारी खेती सुरु गर्ने छौं ।’
२०७२ सालको रिडी मेला तथा कृषि प्रदर्शनीमा एउटै वोटमा २२७ दाना गोलभेडा फलाएर उत्कृष्ट युवा कृषकका रुपमा पुरस्कृत भएका प्रेम भण्डारीले मलेशिया बाट फर्केपछि गाउँमै केहि गरौं भन्ने सोच राखेर व्यवसायीक कृषि खेत गर्दै आएको बताए ।
उनले आधुनिक मेशिन बाट डोव खन्ने कार्यको जिम्मा लिएका छन् । कसैले डोवहरुमा मल राख्ने, कसैले विउ रोप्ने त कसैले सिंचाई गर्ने गरेका छन् ।
कोरियाबाट फर्केर रिडी बजारमा दुग्ध व्यवसाय सुरु गरेका रविलाल पन्थले आर्थिक रुपमा जोखिम मोलेरै भए पनि वालुवामा नमुना तरकारी खेतीको सन्देश दिन लागिएको बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com