About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
आयोजक समितिका संयोजकबाट एक लाख ५१ हजार दान

Darpanpost शनिबार, माघ २०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 

घोराही २० माघ।  जन कल्याण माध्यामिक विद्यालयमा प्राविधिक शिक्षालयका लागि आयोजना गरिएको महायज्ञमा शनिबारमात्रै १५ लाख बराबरको जग्गा र दिउसोसम्म तिनलाख बढि नगद जम्मा भएको छ । शनिबारमात्रै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम महायज्ञ मुल आयोजक समितिका संयोजक अहिलेसम्मकै सबैभन्दा बढि दान एक लाख ५१ हजार दिएका छन् । प्राविधिक शिक्षालयका लागि माद्द १८गतेदेखि सुरु भएको महायज्ञमा आज सबैभन्दा बढि रकम संकलन भएको छ । शनिबार मात्रै स्थानीय समाजसेवी केशव रिजाल र शान्ता रिजालले एक लाख २५ हजार ५ सय २५ सहयोग गरेका थिए । स्थानीयस्तरमै प्राविधिक जनशक्ति उत्पादन गरी देशमा दक्षजनशक्तिका लागि शैक्षिक स्थलमा उक्त रकम सहयोग गरेको मनकारी दाता केशव रिजालले बताए । त्यसैगरी मीना बस्नेतले ५१हजार एकसय ५१, दुधरास बचत तथा ऋण सहकारी संस्थाले २५ हजार एक सय २५, बामदेव पोख्रेलले २४ हजार एक सय २५, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७मा तिहारमा खेलेको भैलो रकम स्थानीय युवाहरुबाट १५ हजार एक सय ५५, शालिकराम डाँगीले १५ हजार ५५, ज्ञानबहादुर बस्नेतले १५ हजार एक सय ५५, इन्दिरा अवस्थीले १५ हजार ६ सय २५, मदनकुमारी बस्नेत र रिता कुमारी बस्नेतले दश हजार पाँच,कमला रावतले १० हजार एक सय ५५, भीमबहादुर परियारले १० हजार एक सय पाँच, सप्तरंगी बहुउद्देश्यीय सहकारी संस्थाबाट दश हजार पाँच, दिलबहादुर वलीले दश हजार एक सय ५१,दिदी बहिनी महिला समूह तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेले पाँच हजार एक सय ५५ सहयोग गरेको आर्थिक व्यवस्थापन समितिका सदस्य केवल डाँगीले जानकारी दिएका छन् । १५ लाख बढिको जग्गा दान यसैबिच शनिबार नै १५ लाख बढिको जग्गा दान प्राप्त भएको छ । मूल आयोजक समितिका महासचिव गेहराज पौडेलले दश लाख बराबरको जग्गा दान दिएका छन् । त्यसेगरी युगराज अधिकारीले पाँच लाख बराबरृका जग्गा दान दिएका छन् । हालसम्म चन्द्रबहादुर डाँगीले १० लाख २५ हजार, तिलकबहादुर डाँगीले ५ लाख बराबर मूल्यको जग्गा दान दिएका छन् । शनिबार दिउसोसम्म ३० लाख २५ हजार बराबर मूल्यको जग्गा दान प्राप्त भएको छ । शनिबार महायज्ञमा कथावाचन सुन्न आउनेको घुइचो लागेको थियो । महायज्ञमा मुख्य कथावाचकमा पण्डित दिनबन्धु पोख्रेल रहेका छन् भने उपवाचकमा धुव्रशरण वश्याल रहेका छन् । महायज्ञबाट जनकल्याण माध्यामिक विद्यालयमा डिप्लोमा तहको इन्जिनिरिङ कक्षा सञ्चालनका लागि आवश्यक पर्ने एक करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com