About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
प्रहरीले गरेका गल्ती कमजोरीलाई खवरदारी गर्नुहोस ः माहानिरिक्षक अर्याल

Darpanpost शनिबार, माघ २०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

देवी भण्डारी, 

२० माघ, घोराही दाड़् । प्रहरीले गरेका गल्ती कमजोरीलाई खवरदारी गर्न प्रहर िमाहानिरिक्षक प्रकास अर्यालले नागरीकहरुलाई आग्रह गर्नुभएको छ । आज नेपालपत्रकार माहासंघ दाङको अयोजनामा घोराहीमा भएको प्रहरी माहानिरिक्षक प्रकाश अर्यालसंग भेटघाट तथा नागरीक अभिनन्दन कार्यक्रमा बोल्दै अर्यालले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै अर्यालले राष्ट्रको सुरक्षामा लागी पदै दङगाली भएको नाताले पनी दाङको सुरक्षा तथा नागरीकको न्याय पाउने अधिकार दिलाएरै छाड्ने बचन बद्धता पनि व्यक्त गर्नुभएको छ । नागरीक समाजदाङका चन्द्र पन्तको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुसिल गौतम , लगाएतल े बोल्नुभएको थियो । नेपाल पत्रकार माहासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा प्रहरीमाहानिरिक्षक प्रकास अर्यालको प्रमुख आथित्यता एवं ५ नं प्रदेश प्रहरी प्रमुख एआजी मधुप्रसाद पुडासैनीको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रको सहजीकरण नेपाल पत्रकार माहासंघका सचिव भुपेन्द्र वलिले गर्नुभएको थियो ।

 

यसैविच नेपाल बैक लिमीटेडका बर्दियाका शाखा प्रवन्धक प्रमोद वर्माको हत्याको छान विनकोलागी नेपाल पत्रकार महासंघले माहानिरिक्षक प्रकाश अर्यालको ध्यानआकर्षण गराईएको छ । आज दाङको घोराहीमा पत्रकार एवं मृतक वर्माकी पत्नी पार्वती बस्नेतले अर्यालको ध्यानाआकर्षण गराउदै घटनाको सत्य तथ्य छानविन गरि आफुलाइ न्याय दिलाउन आग्रह गर्नुभयो ।

पत्रकार वस्नेतले घटना भएको छ महीना वितीसक्दा पनी घटनावारे कुनै कुराको जानकारी नआएको भन्दै छिटो न्यायका लागी पहल गरिदिन आग्रह गर्नुभयो । त्यसअवसरमा वोल्दै प्रहरी महानीरीक्षक अर्यालले यसवारे आजै आफुले कोहलपुर र वर्दीयाको प्रहरीसंग जानकारी लिने र आवश्यक परे केन्द«ीय अनुसन्धान व्युरोवाट घटनावारे छानविन गर्ने आश्वासन दिनुभएको छ । वर्माको गत साउन २३ गते बाके स्थित अगैया जङगलमा शरिरमा निलडाम चोटपटक सहित मृत अबस्थामा शव फेला परेको थियो । वर्दिया शाखाबाट सरुवा भई दाङ आउन लागेका बर्मालाई साउन २१गते नेपाल बैंक लिमिटिड शाखामै कार्यरत कर्मचारी बिन्दु ज्ञवालीले पाहुना पर्न बोलाएकी थिईन् । पाहुना पर्न गएका बर्माको शब अगैयाको जंगलमा साउन २३ गते नै फेला परेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com