About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
मध्यविन्दु नगरपालिका अरु नगरपालिका भन्दा अब्बल ः मेयर राना ।

Darpanpost शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

कावासोती १९ माघ २०७४ ।।
मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले आफुहरु कार्यसम्पादनको सन्र्दभमा अरु नगरपालिका भन्दा अब्बल रहेको दावी गर्नुभएको छ ।
उहाले आफुहरु निर्वाचित भएयता सम्पन्न गरिएको कामको आधारमा अरु भन्दा आफुहरु कार्यसम्पादनमा अब्बल देखिएको बताउनुभयो ।
नगरपालिकाले अहिले सम्म भएका प्रगतिहरुका बिषयमा जानकारी दिन आज ( शुक्रबार) आयोजित पत्रकार सम्मेलनलाई संबोधन गर्दे मेयर रानाले जनातका दैंनिक जिवनयापनका सवाल देखि ठुला ठुला अहायोजनाहरुमा आफुहरुले काम गरिरहेको बताउनुभयो ।
उहाले जलवायु मैंत्री गाउ निर्माणको अभियानदेखि बिषादिरहित तरकारी उव्जनी गराउन हौ.साला दिने सम्ममा आफुहरुले काम गरेको भन्दैं मध्यविन्दु नगरवासीले स्थानीइ सरकार भएको अनुभुती गरेको बताउनुभयो ।
मेयर रानाले नगरपालिका भित्र अस्थायी बसोबास मुख्य समस्याको रुपमा रहेको भन्दैं त्यसको समाधानका लागि काम भइरहेको बताउनुभयो । नगरपालिका भित्र पर्ने पहाडी क्षेत्रमा खानेपानी , बिद्युत ,सडक जस्ता विकासका पुर्वाधारमा काम गर्ने योजना रहेको बताउनुभयो ।
नगरकार्यापालिका कार्यालयले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस बिज्ञप्तिमा कार्यालयको व्यवस्थापनदेखि , कार्यालयलाई प्रबृधि मै.त्री बनाएको , सरसफाई कार्यक्रम सञ्चालन गरिएको , वडा कार्यालयहरुको स्थापना गरिएको , स्वास्थ्यमा जनताको सहज पहुच पुर्याउन अभियानहरु सञ्चालन गरिएको उल्लेख छ ।
यसैंगरि बिज्ञप्तिमा नगरपालिकाले ६ वटा कानुन तथा कार्यविधिहरु तर्जुमा गरि कार्यान्नयवनमा ल्याईएको , अरुणखोला र गिरुवारी खोलाको टेण्डर प्रक्रियामा गएको , प्राकृतिक स्रोत साधनको संरक्षण गरेको लगायतका यकार्यहरु उल्लेख छन् ।
यसैंगरि सामाजिक सुरक्षा भत्ता जनताको घरदैंलो सम्म पुर्याएको , बिभिन्न अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरिएको लगायत उल्लेख छन् ।
पत्रकार सम्मेलनमा प्रमुख प्रशाशकिय अधिकृत शिबराज सेढाईले अरु नगरपालिकाहरुको तुलनामा मध्यविन्दु नगरपालिकामा योजनाबद्ध तवरले काम भईरहेको बताउनुभयो । उहाले नगरलाई नमुना नगरको रुपमा विकास गर्न हरसंभव प्रयास भईरहेको बताउनुभयो ।
मध्यविन्दु नगरसभाले कुल ४७ करोड ३७ लाख ३३ हजारको बजेट स्विकृत गरेको थियो । त्यो मध्ये पुजीगत खर्चतर्फ १३.२४ प्रतिशत , शशर्त अनुदान तर्फ ७४.६१ प्रतिशत र चालु तर्फ २६.३ प्रतिशत खर्च भएको प्रमुख प्रशाशकिय अधिकृत सेढाईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com