About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
दाड़्मा महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को तयारी तीव

Darpanpost शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दाङ १९ घोराही, 

महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को तयारी तीव पारीएको छ। दाङ उद्योग वाणीज्य संघले फाल्गुन ३ गतेदेखी १३ गतेसम्म घोराही उपमहानगरपालीका १५ मा आयोजना गरिने महोत्सव स्थलको निमार्ण कार्य तथा स्टल वुकीङ धमाधम सुरु भएको दाङ उद्योग वाणीज्यसंघका अध्यक्ष एवं दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ ेमुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ। दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४लाइ सफल वनाउन गठन गरीएका विभीन्न उपसमीतीहरुले आ आफनो कामलाइ तिव्रता दिएका छन । यसैविच दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ लाइ भव्य र् सभ्य रुपमा समपन्न गर्न महोत्सव सुरक्षा व्यवस्थापन समीती विस्तार गरिएको छ। महोतसवलाइ सफल पार्न सुरक्षा समीतीको अत्यन्त महत्वपुर्ण भुमीका रहने भन्दै महोत्सवलाइ सफल पार्न सुरक्षा उपसमीतीमा जिल्ला प्रशासन कार्यालय, शशस्त्र प्रहरी, जिल्ला र वर्डाप्रहरीकार्यालय, राष्ट्रीय अनुसन्धान विभाग, जिल्ला ट्राफीक कार्यालय, सामुदायीक प्रहरी सेवा केन्द« सदस्य रहेका छन यसैगरी उपसमीतीमा तारा अधिकारी, नारदमणी पोख्रेल, मीनराज घिमीरे, टेकनाथ आचार्य , मधुसुदन रावत श्रीधर पोख्रेल,शरोज शाहा, दिपक श्रेष्ठ, तीर्थराज आचार्य हिरा केसी , प्रेम खडका, नरवहादुर अधिकारी, र गंगा श्रेष्ठ रहनु भएको छ। उपसमीतीले महोत्सव अवघिभर सुरक्षा प्रदान गर्ने छ। त्यसअवसरमा वोल्दै महोत्सव मुल आयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले दाग उद्योग वाणीज्यसंघले लगाउदै आएको महोत्सवले दाङमा विश्वका होचा व्यक्ती चन्द« वहादुर डागी , विश्वकै होचि महीला इश्वरी माया छिनाल जस्ता लुकेर रहेका व्यक्तीहरुलाइ अन्तराष्ट्रीयरुपमा पहीचान वनाउन, शहीद गेट निमार्ण तथा मह तथा अल्लो जस्ता व्यवासयलाइ वाहीर ल्याउन सफल भएको वताउनु भयो । यसपटक को दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४का अवसरमा लघुउद्यमको प्रवद्र्धन तथा स्थानीय कला सस्कृतिको प्रवद्र्धन गर्न महोतस्व फलदायी हुने महोत्सव मुल आयोजक समीतीका सहसंयोजक वसन्त जोशीले वताउनजु भयो । महोत्सव सुरक्षा व्यवस्थापन समीतीका संयोजक छविनारायण गीरीको अध्यक्षता एवं दाङ उद्योग वणीज्यसंघका अधयक्ष एवं महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भु्साल, सहसंयोक वसन्त जोशी एवं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको उपस्थितीमा वैठक सम्पन्न भएको थियो ।यसैविच आजै वसेको सास्कृतिक व्यवस्थापन उपसमीतीका संयोजक मीनराज भाटको अध्यक्षतामा वसेको वैठकले विभीन्न निर्णय गरेको छ। त्यसअवसरमा युगल नृत्य प्रतीयोगीता, सारङगी प्रतीयोगीता, लोकनृत्य प्रतीयोगीता, दङगाली तारा गायन प्रतियोगीता, प्रदेशस्तरीय खुल्ला लोकनृत्य प्रतीयोगीता संचालन गर्ने सास्कृतिक उपसमीतीका टंकसिह वुढाथोकीले जानकारी दिनुभएको छ। यसैविच आजैवसेको साहीत्यीक उपसमीतीका संयोजक मायाकुमारी पोख्रेलको अधयक्षतामा वसेको साहीत्यकारहरुको वैठकले विभीन्न निर्णयहरु गरेको छ। आजको बैठकले खुल्ला कबिता प्रतियोगिताका लागी पाँच नम्बर प्रदेशको सबै जिल्लामा रहेका साहित्यकारहरुको रचना उपलब्ध गराउने निर्णय गर्दै कबिता प्रतियोगितको आवह्वान गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले खुल्ला कबिता प्रतियोगिताको लागी यहि माघ २४गतेसम्म,१५०शब्दको कबिता हुनुपर्ने निर्णय गरेको छ साथै उपलब्ध रचनालाई छनौट गर्नकालागी निर्णायक समिति गठन गर्ने र छनौट गरिएका रचनालाइ मात्रै बाचन गर्न दिने समेत निर्णय गरीएको छ । 

यसैगरी जिल्ला स्तरिय बालकबिता प्रतियोगिता पनि आयोजना गरिने बताईएको छ,भने कबिता कुन विषयबस्तुमा लेख्ने भन्ने विषयमा तत्कालै निर्णय गरिने बताईएको छ । छनोट भएका कविताहरुलाई आफैवाचन गर्न दिने, कविता कविता प्रतियोगीताको लागी विद्यालयले कक्षा १ देखी ८ सम्मका छात्र छात्रा १÷१ जना सिफारिस गरेर माघ २९ गते सम्म पठाई सक्नु पर्ने छ । 

त्यस्तै ५ नं प्रदेशस्तरिय खुल्ला गजल प्रतियोगीताहुने भएको छ । गजलकारहरुले पनि माघ २९ गते सम्म गजल उपलब्ध गराई सक्नु पर्ने र उत्कृष्ट १० गजलहरुलाई बाचनकोलागी समय दिईने बताईएको छ ।

त्यस्तै कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुको लागी बक्तृत्वकला प्रतियोगीताको आयोजना गरिने भएको छ । विद्यालयवाट सिफारिस भएका विद्यार्थीहरुलाई मात्र सहभागी गराइने भएको छ । बक्तृत्वकलाको विषयबस्तु (दाङको विकासमा पर्यटक ) राखीने निर्णय गरेको छ । प्रतियोगीताको लागी विद्यालयले छात्रछात्रा गरेर २ जना सम्म सिफारिस गरेर पठाउन सकीने छ ।

यसैगरी जिल्लाका साहित्यकारहरुको लागी रचना वाचन कार्यक्रमको लागी समय माग गर्ने र अग्रजहरुलाई रचना उपल्बध गराउनका लागी अनुरोध गर्न निर्णय भएको छ ।

साथै साहित्यीक उपसमिति अन्र्तगत गरिने कार्यक्रमलाई भव्य र सभ्य बनाउनकालागी व्यपक समन्वय गरेर जाने तथा रचना माग गर्दा दाङ जिल्ला उद्योग वाणिज्य संघका संयोजक वा सह संयोजक अथवा सदस्य सचिव संग सम्पर्क गरेर ईमेलबाट वा हस्तलिखीत रुपमा उपलब्ध गराउन सकिने जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com