निर्मल पौडेल माघ १९ सामुदायिक रेडियो कुशुम कुश्मा पर्वत
पर्वतको कुश्मा नगरपालिका ७ दुर्लुङ्गमा वेवारिसे अवस्थामा एक वृद्धा भेटिएर वृद्धाको खोजिकार्य गरिदन स्थानियले अनुरोध गरैकै दिन फलेवास नगरपालिकामा ७ मा पनि एक त्यस्तै एक वृद्धा फेला परेकी छिन् । आफनो परिचय दिन नसक्ने अन्दाजी ६५ वर्षीय ती वृद्धा करिव
५ दिन देखी साविकको लिमिठाना वार्ड नं १ मा रोडमा वस्तै आएकी स्थानिय सिर्जना तिमिल्सनाले वताएकी छिन् । वृद्धालाई तिमिल्सिनाले ४ दिन देखि खाना खान दिएपनि घरमा वस्न र सुत्न नमानी नजिकको वाटोमा नै गएर सुत्ने गरेको तिमिल्सनाले वताएकी छिन् । तिमिल्सनाले बृद्धाको आफन्तको खोजी गरिदिन उहाँले स्थानीय सञ्चारकर्मीहरुलाई अनुरोध गर्नु भएको तिमिल्सिनाकी छोरी लिमिठाना माईत भई कुश्मा राममन्दिर घर भएकी तिमल्सनाकी छोरी वनिता अधिकारीले जानकारी दिनुभएको छ ।
यता अन्दाजी ८० वर्षिया बृद्धा माघ १५ गतेका दिन दुर्लुङमा भेटिएकी हुन् । आफ्नो परिचय स्पष्ट दिन नसक्ने उनी ४ दिनदेखि दुर्लुङका स्थानीयबासीको संरक्षणमा बस्दै आएकी छिन् । देख्दा सफा सुग्घर र हिडडुल गर्न सक्ने तर आफ्नो परिचय दिन नसक्ने भएकाले पहिचान गराउन अप्ठ्यारो भएको स्थानीय गोलमान गुरुङले बताउनुभयो । गुरुङले बृद्धाको आफन्तको खोजी गरिदिनजिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको बताउनुभयो । उहाँले स्थानीय सञ्चारकर्मीहरुलाई समेत बृद्धाको आफन्त खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।