About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला यहि माघ २२ गते देखी शुरु

Darpanpost शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

संजय कुशवाहा/ नवलपरासी माघ १८ ।  नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला यहि माघ २२ गते देखी शुरु हुने भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाऊपालिका वडा नं .२ महलबारीमा त्रिबेणी संञ्चार मन्च को आयोजनामा मकुतबुल मदार शाह दरगाह कमिटीले आज पत्रकार सम्मेलन गरी मेलाको तयारी बारे जानकारी गराएको छ ।

मुस्लिम , हिन्दु र अन्य समुदायका धर्मावलम्बीहरू समेत अवलोकन र पुजाआजा गर्न जाने गरेका छन । आस्थाको केन्द्र रहेको मदार बाबा मेला मुस्लिम तथा हिन्दु समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मानिन्छ ।मादार बाबा धार्मिक स्थलको रूपमा देश विदेशमा परिचित छ ।विभिन्न किसिमका दु:ख लिएर आउने भक्तजनहरूले सु:ख शान्ति हुने धार्मिक विश्वासले मजारमा पुजा गर्ने गरेमा परिवारमा शान्ति हुने धार्मिक विश्वासले मजारमा पुजा गर्ने गर्ने गरेका छन । मदार बाबाको मजारमा पुग्नका लागि लामो समय र अप्ठ्यारो बाटो तय गर्नुपर्ने हुन्छ बहलबारी गाउँ बाट ९ किलोमिटर पहाड चढेर जानू पर्दछ ।

मदार बाबा मेला मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा करिब १०० सुरक्षा कर्मी परिचालन गरिने साथै १०० जना स्वयंसेवक ,२ ठाउँमा स्वास्थ्य शिविर ,२० वटा सार्वजनिक शौचालय ,नया बाटो निर्माण लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था मिलाउने मेला ब्यवस्थान समितिका अध्यक्ष निजामुद्दिन अन्सारीले बताउनु भयो । मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउहरूबाट करिब १० लाख भन्दा बढी भक्तजनहरू आउने अनुमान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com